
ईश्वर गुभाजु/सिन्धुपालचोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा २०७७/५/२८ गते राति खसेको पहिरोले पहिरोले २२ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन्।
बाह्रबिसे नगरपालिका–७ वडाध्यक्ष मीन बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार पहिरोमा परेर नागुजेमा १३ जनाको शव फेला परेको छ। नागुँचे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका मध्ये १३ जनाको शव भेटिए १८ जना वेपत्ता छन् भने, ४ जना घाइतेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
अहिले बाह्रबिसे नगरपालिकाले दाल, चामल, नुन, तेल, दालमोट जस्ता खाने कुराहरू वितरण गरेका छन्। अहिले बिभिन्न निकाय संस्थाहरूबाट सहयोग आउने क्रम जारी रहेको कुरा स्थानिय शिक्षक बजिरसिह भण्डारीले हिमालीसंचारलाई जानकारी दिए।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले पीडितको लागि अस्थायी टेन्ट लागि सुरक्षित ठाऊमा अस्थाई बासस्थान साथै उद्धारकार्यलाई जारी राखेको मीन बहादुर श्रेषठले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
