News Portal

नेपाल ट्रेड युनियन महासंघको मजदुर युवा कमिटी सुदुरपश्चिम प्रदेशको भेला अत्तरियामा सम्पन्न

हिमाली संचार संवाददाता
५६२ पटक

२०७७ साउन २१, बुधबार
प्रकाश योगी/कैलाली – अखिल नेपाल ट्रेड युनियन महासंघ मजदुर युवा कमिटी सुदुरपश्चिम प्रदेशको पहिलो भेला आज अत्तरिया कैलालीको होटेल नमस्तेको सभा हलमा सम्पन्न भएको छ।

संसारका मजदुरहरु एक हौऔ भन्ने मुल नारा बोकेर सुरु भएको कार्यक्रमको सभा अध्यक्ष मजदुर युवा कमिटि सुप प्रदेश संयोजक उपेन्द्र ठकुराठी प्रमुख अतिथिमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय सचिब सुप इन्चार्ज नरहरी नाथ योगी अतिथीमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य जगदिश सेटी बम बहादुर कठायत रहनु भएको थियो।

कार्यक्रमको सन्चालन ट्रेड युनियन महासंघका जिल्ला सचिब मुकेस रैकाले गर्नु भएको थियो। अब युवा मजदुरहरु एकजुट नभए परिबर्तन असम्भव रहेकोले अब युवा मजदुरहरु एकजुट हुन पर्नेबेला भएको महासंघका केन्द्रीय सदस्य जगदिश सेटिले मन्तब्यका क्रममा भन्नूभयो।

उहाँले थप्दै भन्नू भयो ठुला कलकारखानाका मालिकले मजदुरले पाउने तोकिएको पारिश्रमिक पनि नदिने भएकाले अब तेस्ता कम्पनीहरुलाई युवाले नै कार्बाही गर्नुपर्ने जिकिर गर्नुभयो।

यस्तै मन्तब्यका क्रममा प्रमुख अतिथी अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिब सुप इन्चार्ज नरहरी नाथ योगिले संगठन बिस्तारका बारेमा बोल्दै युवा मजदुरहरुको पैसा खाने ठेकेदार पैसा कम दिने कम्पनी कल कारखानाहरुलाई युवाले नै ठिक ठाउँमा राख्नु पर्ने भनाइ राख्नु भएको थियो।

उक्त भेलाले उपेन्द्र ठकुराठीको अध्यक्षतामा २९ सदस्यीय सुप मजदुर युवा कमिटी पनि सर्बसम्मत रुपमा चयन गरेको छ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...