News Portal

रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द

२३९ पटक

रविन्द्र बराल/ मोरङ, असार २ – सरकारले सुनचाँदीमा अनावश्यक रुपमा कर लगाएको विरोधमा रंगेलीका सुनचाँदी व्यवसायीहरू जेष्ठ ३० गतेदेखि आन्दोलनमा उत्रिएका छन्। सुनचाँदी व्यवसायी संघको अगुवाइमा गत बिहीबारदेखि रंगेलीका सबै सुनचाँदी पसल बन्द गरिएका हुन्।

सरकारले नयाँ बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा-पत्थरमा १३ प्रतिशत कर लगाउने निर्णय गरेपछि व्यवसायीहरू आन्दोलित भएका छन्। यही करको विरोधमा पाँच दिनदेखि सुनचाँदी व्यवसाय ठप्प छ।

व्यवसायीहरूले सरकारले तत्काल यो कर खारेज गर्नुपर्ने माग राखेका छन्। सुनचाँदी व्यवसायी संघ मोरङको निर्देशनमा अहिले मोरङ जिल्लाका सम्पूर्ण सुनचाँदी पसल बन्द रहेका छन्।

सरकारले सुनको भन्सार शुल्क ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति र नियमावली बनाइनुपर्ने माग व्यवसायीहरूको छ। विरोधमा सहभागी रंगेलीस्थित विराट लक्ष्मी सुनचाँदी पसलका सञ्चालक आकाश सोनीले भने, ‘सरकारले सुनचाँदी व्यवसायीको समस्यालाई बेवास्ता गरेकाले हामी आन्दोलनमा उत्रिएका हौं।’

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...