News Portal

हतियार र भारी परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ, गाउँलेको अवरोधपछि प्रहरीद्वारा हवाई फायर

४५९ पटक

मकवानपु, असार २ – राक्सिराङ गाउँपालिका–१ निवासी ५० वर्षीय राजु स्याङतानलाई प्रहरीले अवैध हातहतियार र ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले स्याङतानको घरमा छापा मारेर उक्त बरामद गरेको हो।

प्रहरीको विवरणअनुसार स्याङतानको सुत्ने कोठाको सिरानीमुनीबाट इटालियन पेस्तोल एक थान, म्यागजिन दुई थान (एक थान खाली), र १३ राउन्ड गोली फेला परेको थियो। यस्तै, उनको गोठबाट कटुवा पेस्तोल १ थान, १२ राउन्ड गोली, १ किलो ३१० ग्राम अफिम, र २२ किलो ८ सय ग्राम गाँजा समेत बरामद भएको जनाइएको छ।

प्रहरी अनुसन्धानका आधारमा स्याङतान भारतमा लागूऔषध बिक्री गर्ने गिरोहसँग आबद्ध रहेका छन् र उनी हतियारसहित नै लागुऔषधको कारोबार गर्दै आइरहेका थिए। यसअघि पनि उनी २०७१ सालमा लागूऔषध मुद्दामा दोषी ठहर भई दुई वर्ष र २०७६ सालमा साढे ५ वर्ष कैद भोगिसकेका व्यक्ति हुन्। तिनै स्याङतान माघ १ गतेमात्र जेलमुक्त भएका थिए।

स्याङतानलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गाउँलेहरूले अवरोध गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विश्वराज खडकाको नेतृत्वमा गएको ४० सदस्यीय टोलीले गाउँलेहरूको अवरोधलाई पन्छाउन १० राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो।

यसैबीच, स्याङतानको घर नजिकै रहेको चन्द्रलाल मोक्तानको वारीको आमको रुखमुनि वेवारिसे अवस्थामा थप एक थान कटुवा पेस्तोल, पाँच राउन्ड गोली, र १ किलो ४८० ग्राम अफिम फेला परेको मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...