News Portal

  • हतियार र भारी परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ, गाउँलेको अवरोधपछि प्रहरीद्वारा हवाई फायर

    २७७ पटक

    मकवानपु, असार २ – राक्सिराङ गाउँपालिका–१ निवासी ५० वर्षीय राजु स्याङतानलाई प्रहरीले अवैध हातहतियार र ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले स्याङतानको घरमा छापा मारेर उक्त बरामद गरेको हो।

    प्रहरीको विवरणअनुसार स्याङतानको सुत्ने कोठाको सिरानीमुनीबाट इटालियन पेस्तोल एक थान, म्यागजिन दुई थान (एक थान खाली), र १३ राउन्ड गोली फेला परेको थियो। यस्तै, उनको गोठबाट कटुवा पेस्तोल १ थान, १२ राउन्ड गोली, १ किलो ३१० ग्राम अफिम, र २२ किलो ८ सय ग्राम गाँजा समेत बरामद भएको जनाइएको छ।

    प्रहरी अनुसन्धानका आधारमा स्याङतान भारतमा लागूऔषध बिक्री गर्ने गिरोहसँग आबद्ध रहेका छन् र उनी हतियारसहित नै लागुऔषधको कारोबार गर्दै आइरहेका थिए। यसअघि पनि उनी २०७१ सालमा लागूऔषध मुद्दामा दोषी ठहर भई दुई वर्ष र २०७६ सालमा साढे ५ वर्ष कैद भोगिसकेका व्यक्ति हुन्। तिनै स्याङतान माघ १ गतेमात्र जेलमुक्त भएका थिए।

    स्याङतानलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गाउँलेहरूले अवरोध गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विश्वराज खडकाको नेतृत्वमा गएको ४० सदस्यीय टोलीले गाउँलेहरूको अवरोधलाई पन्छाउन १० राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो।

    यसैबीच, स्याङतानको घर नजिकै रहेको चन्द्रलाल मोक्तानको वारीको आमको रुखमुनि वेवारिसे अवस्थामा थप एक थान कटुवा पेस्तोल, पाँच राउन्ड गोली, र १ किलो ४८० ग्राम अफिम फेला परेको मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...