News Portal

‘झूठा आरोप, मानसिक यातना र अब म सकिँदैछु’ — डा. केशव श्रेष्ठको भावुक स्टाटस

४२५ पटक

रामेछाप, असार २ – रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसू) डा. केशव श्रेष्ठले एक भावुक सामाजिक सञ्जाल स्टाटस लेख्दै आत्महत्या प्रयासको संकेत दिएका छन्। आफूले इमानदारीपूर्वक गरेको कामको बदला अन्याय, अपमान र मानसिक पीडा मात्रै भोग्नुपरेको उल्लेख गर्दै उनले अन्ततः जीवनसँग नै हार खानुपर्ने अवस्थामा पुगेको बताएका छन्।

श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमार्फत लामो गुहारे गर्दै रामेछाप अस्पतालमा भएका सुधार प्रयासहरूलाई योजनाबद्ध ढंगले विफल पार्ने काम भएको दाबी गरेका छन्। उनले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूप्रति गम्भीर आक्रोश व्यक्त गर्दै आफूलाई षड्यन्त्रपूर्वक बदनाम गराउने खेल भएको उल्लेख गरेका छन्।

‘मैले प्रमुख भएपछि भ्रष्टाचार गर्ने र काम चोर्ने कर्मचारीहरू भाग्न थाले। अस्पताल सुधार्ने सपना थियो, दिनरात खटिएँ। तर प्रतिफलमा अपमान र मानसिक यातना मात्रै पाइयो,’ स्टाटसमा लेखिएको छ।

उनले स्वास्थ्य मन्त्री केदार कार्कीमाथि गम्भीर आरोप लगाउँदै भनेका छन्, ‘पैसा नदिएर, आफन्तलाई जागिर नलगाएर, भित्रका बेथिति हटाउन खोज्दा मलाई षड्यन्त्रपूर्वक झूठा आरोपमा फसाइयो।’

डा. श्रेष्ठका अनुसार अस्पतालमै बिहानको ‘मर्निङ कन्फरेन्स’ मा आफूलाई धम्की दिइयो, हात हाल्ने प्रयास गरियो। ‘दुर्गम सेवामा बसेर इमानदारीपूर्वक काम गरेबापत पुरस्कार होइन, अपमान मात्रै पाइयो,’ उनले भनेका छन्।

उक्त स्टाटसमा उनले स्वास्थ्य मन्त्रालयले समेत आफूलाई अपमानित बनाएको आरोप लगाएका छन्। ‘हेटौंडा सरुवा गरेर गाडी खोसियो, अपमान गरियो। अब म सकिँदैछु। जिन्दगीसँग हार खाएँ,’ उनले लेखेका छन्।

स्टाटसको अन्त्यमा डा. श्रेष्ठले आमासँग, श्रीमती भावना र छोरीसँग, परिवारजन तथा आफूमाथि विश्वास गर्ने सबैसँग क्षमायाचना गर्दै माफ गरिदिन अनुरोध गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...