News Portal

‘झूठा आरोप, मानसिक यातना र अब म सकिँदैछु’ — डा. केशव श्रेष्ठको भावुक स्टाटस

३०२ पटक

रामेछाप, असार २ – रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसू) डा. केशव श्रेष्ठले एक भावुक सामाजिक सञ्जाल स्टाटस लेख्दै आत्महत्या प्रयासको संकेत दिएका छन्। आफूले इमानदारीपूर्वक गरेको कामको बदला अन्याय, अपमान र मानसिक पीडा मात्रै भोग्नुपरेको उल्लेख गर्दै उनले अन्ततः जीवनसँग नै हार खानुपर्ने अवस्थामा पुगेको बताएका छन्।

श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमार्फत लामो गुहारे गर्दै रामेछाप अस्पतालमा भएका सुधार प्रयासहरूलाई योजनाबद्ध ढंगले विफल पार्ने काम भएको दाबी गरेका छन्। उनले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूप्रति गम्भीर आक्रोश व्यक्त गर्दै आफूलाई षड्यन्त्रपूर्वक बदनाम गराउने खेल भएको उल्लेख गरेका छन्।

‘मैले प्रमुख भएपछि भ्रष्टाचार गर्ने र काम चोर्ने कर्मचारीहरू भाग्न थाले। अस्पताल सुधार्ने सपना थियो, दिनरात खटिएँ। तर प्रतिफलमा अपमान र मानसिक यातना मात्रै पाइयो,’ स्टाटसमा लेखिएको छ।

उनले स्वास्थ्य मन्त्री केदार कार्कीमाथि गम्भीर आरोप लगाउँदै भनेका छन्, ‘पैसा नदिएर, आफन्तलाई जागिर नलगाएर, भित्रका बेथिति हटाउन खोज्दा मलाई षड्यन्त्रपूर्वक झूठा आरोपमा फसाइयो।’

डा. श्रेष्ठका अनुसार अस्पतालमै बिहानको ‘मर्निङ कन्फरेन्स’ मा आफूलाई धम्की दिइयो, हात हाल्ने प्रयास गरियो। ‘दुर्गम सेवामा बसेर इमानदारीपूर्वक काम गरेबापत पुरस्कार होइन, अपमान मात्रै पाइयो,’ उनले भनेका छन्।

उक्त स्टाटसमा उनले स्वास्थ्य मन्त्रालयले समेत आफूलाई अपमानित बनाएको आरोप लगाएका छन्। ‘हेटौंडा सरुवा गरेर गाडी खोसियो, अपमान गरियो। अब म सकिँदैछु। जिन्दगीसँग हार खाएँ,’ उनले लेखेका छन्।

स्टाटसको अन्त्यमा डा. श्रेष्ठले आमासँग, श्रीमती भावना र छोरीसँग, परिवारजन तथा आफूमाथि विश्वास गर्ने सबैसँग क्षमायाचना गर्दै माफ गरिदिन अनुरोध गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...