News Portal

  • एनआरएनएको आधिकारिकताबारे कुनै पनि भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह

    २९४ पटक

    अमेरिका, असार २ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेशकुमार श्रेष्ठले संघको एकता महाधिवेशनबाट विधिवत निर्वाचित कार्यसमिति नै एकमात्र आधिकारिक भएको स्पष्ट गर्दै कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।

    एनआरएनए अमेरिकाद्वारा आइतबार अपराह्न टेक्सास राज्यको डालसमा आयोजित आफ्नै स्वागत कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले संघका सबै राष्ट्रिय समन्वय परिषद्हरूलाई आफू नेतृत्वको कार्यसमितिसँग समन्वय गरेर काम गर्न आग्रह गरे।

    काठमाडौँस्थित हयात होटलमा गत मे ३ र ४ गते संघको उच्चस्तरीय समितिले आह्वान गरेको एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो।

    “नेपाल सरकारका प्रतिनिधिहरूको रोहबरमा सम्पन्न निर्वाचनमा हामी निर्वाचित भए लगत्तै अर्को समूहले हाम्रो काम रोक्न मुद्दा दायर गरेको थियो, तर सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएको कारण हामी नै आधिकारिक कार्यसमिति हौं,” श्रेष्ठले भने। उनले परराष्ट्र मन्त्रालयले आफू नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको प्रमाणित गर्दै संसारभर रहेका नेपाली कूटनीतिक नियोगहरूलाई पत्राचार गरिसकेको जानकारी पनि दिए।

    श्रेष्ठले सबै पक्षसँग सहमति र सहकार्यका लागि आफूहरू लचिलो भएर अघि बढ्ने स्पष्ट गरे। “हामी झडपको अवस्था चाहँदैनौँ, त्यसैले बालुवाटारस्थित संघको केन्द्रीय कार्यालय जान हतार गरेका छैनौँ,” उनले भने। तर, अब धेरै समय नलाग्ने र केन्द्रीय कार्यालय प्रवेश गर्ने प्रक्रियामा अघि बढ्ने उनको भनाइ थियो। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटकपटक पत्राचार गर्दा पनि बद्री केसी पक्षले संघको सचिवालय, एमआईएस प्रणाली लगायत हस्तान्तरण गर्न अस्वीकार गर्दै आएको उनले बताए।

    अध्यक्ष श्रेष्ठले विभिन्न देशका एनसीसीहरूमा विवाद नल्याउन पनि आग्रह गरे। “केन्द्रको विवाद मिलाउन सजिलो छ, तर एनसीसीहरू विभाजित भए तिनको विवाद समाधान गर्न झनै कठिन हुन्छ,” उनले भने। साथै उनले एनआरएनए अमेरिकालाई एकताको पहल गर्न र केन्द्रको विवाद समाधानमा भूमिका खेल्न पनि अनुरोध गरे।

    संस्थाभित्रको विवादले विदेशमा बस्ने नेपालीका मुद्दाहरू प्रभावकारी रूपमा उठाउन नसकेको स्वीकार गर्दै उनले भने, “विवादले हामीलाई हल्का रूपमा लिन थालिएको छ। ‘पहिले विवाद मिलाउनूस्, अनि मुद्दा लिएर आउनूस्’ भन्ने प्रतिक्रिया आउन थालेको छ।”

    अध्यक्ष श्रेष्ठले एनआरएन नागरिकताको कार्यान्वयन, वैदेशिक लगानी अभिवृद्धि र नेपालको समृद्धिजस्ता विषयहरू अगाडि बढाउन संस्थालाई एकजुट बनाउनुको विकल्प नभएको उल्लेख गरे। कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाहरूको उनले उत्तर दिएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...