News Portal

सुनचाँदी व्यवसायीहरू सडकमा : करको बोझ हटाउन माग

२१९ पटक

काठमाडौं, असार २ – नेपालभरका सुनचाँदी व्यवसायीहरू सरकारले लगाएको नयाँ कर संरचनाविरुद्ध आक्रोशित बन्दै आज राजधानी काठमाडौंमा सडकमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त पहलमा उनीहरूले सटरमा ताला लगाउँदै विरोध प्रदर्शन गरेका हुन्।

आन्दोलनमा व्यवसायीहरू मात्र नभई उनीहरूका साथमा कालिगढ र मजदुरहरू समेत सहभागी थिए। सबैको एउटै आवाज थियो— ‘अत्यधिक करको बोझ अब सहन सकिन्न।’

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनचाँदीमा २ प्रतिशत विलासिता कर र रत्न तथा बहुमूल्य पत्थरहरूमा १३ प्रतिशत कर लगाउने निर्णय गरेको छ। व्यवसायीहरूका अनुसार यस्ता करहरूले आभूषण क्षेत्रमा गहिरो असर पार्नेछ। ‘व्यापार नै धराशायी बन्ने खतरा देखिएको छ,’ उनीहरूको भनाइ छ।

व्यवसायीहरू कर फिर्ता नभए चरणबद्ध आन्दोलन गर्ने तयारीमा रहेको बताएका छन्। ‘व्यापार गर्ने कि ताला लगाउने? विकल्प छैन,’ आन्दोलनमा सहभागी एक व्यवसायीले भने।

सरकारले चाँडै माग सम्बोधन नगरे देशव्यापी रुपमा आन्दोलन फैलिने चेतावनी समेत उनीहरूले दिएका छन्।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...