News Portal

फेसबुकमा आत्महत्या गर्ने संकेत दिएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल फेला, प्रहरी नियन्त्रणमा

४५५ पटक

काठमाडौं, असार २ –  सामाजिक सञ्जालमा आत्महत्या गर्ने संकेतपूर्ण स्टाटस लेखेर हराएका डा. केशव श्रेष्ठ अन्ततः बालाजुमा सकुशल अवस्थामा भेटिएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले थप अनुसन्धानका लागि भद्रकालीस्थित प्रहरी परिसर ल्याउँदै गरेको छ।

प्रहरी स्रोतका अनुसार श्रेष्ठ बालाजु क्षेत्रको एउटा घर वा होटलमा रहेको अवस्थामा फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानमा उनले आफू आत्महत्या गर्नका लागि डोरी खोजिरहेको बयान दिएका छन्।

यसअघि उनले फेसबुकमा निकै भावुक स्टाटस लेख्दै आफन्त, साथीभाइ र सबैसँग क्षमायाचना गरेका थिए। सामाजिक सञ्जालमा उक्त स्टाटस सार्वजनिक भएपछि उनको खोजी कार्य तीव्र बनाइएको थियो।

अहिले प्रहरीको निगरानीमा रहेका श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...