News Portal

  • युएईमा अलपत्र २ युवतीको उद्दार

    हिमाली संचार संवाददाता
    ९९१ पटक

    आरपी ढुंगेल
    युएई ७, २०२० जनवरी : आफ्नो कम्पनी छोडेर बिना भिसा लामो समयदेखि युएईमा बसिरहेका दुई नेपाली महिलाको उद्दार भएको छ। उत्तरी इमिरेट्स रासअलखेमाको क्लिनिङ कम्पनीमा कार्यरत झापा र रामेछापका दुई महिलालाई नेपाली दूतावास युएईले कानुनी प्रक्रिया पूरा गरेर नेपाल फर्काएको दूतावास अबुधाबीका श्रमसहचारी मोतीराम भुसालले जानकारी दिए।

    नेपाल एसोसिएसन (एनआरएनए) युएईको आर्थिक सहयोगमा दूतावास सेल्टरमा शरण लिइरहेका महिलाहरुको उद्दार गरिएको उपाध्यक्ष मदन अधिकारी बताए।

    आफ्नो कम्पनीबाट भागेर अवैधानिक भएपछि ती महिलाहरु झापाली समाज युएईको रासअलखेमा क्षेत्रीयसमितिको सम्पर्कबाट एनआरएनए समक्ष पुगेका थिए। मेचे र शेर्पा थरका ती महिलाहरु नेपाली राजदूतावासको सहयोग र एनआरएनए एनसीसी युएईको उद्दार र टिकट सहित जनवरी ४ तारिखका दिन नेपाल पठाइएको नेपाल एसोसिएसन (एनआरएनए एनसीसी युएईका अध्यक्ष प्रकाश कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

    उद्दार तथा सहयोग कार्यमा सहजीकरण गर्ने नेपाली दूतावास युएईका कर्मचारी ‘मोतीराम भूषाल, जन सम्पर्क अधिकारी ‘राज़ी’लाई एनआरएनए युएईले धन्यवाद व्यक्त गरेको छ ।

    साथै, एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष पासाङ शेर्पा, मदन अधिकारी, नरेश शेन, केशव नेपाल, निरञ्जन शिलवाल, उद्दार बिभाग प्रमुख राजन खतिवडा र उपाध्यक्ष अमृता सिग्देल, बिकास शाही, महिला संयोजक शोभा शर्मा लगायत उद्दार कार्यमा सहभागी एनआरएनए आरसीसी रासलखेमाका अध्यक्ष ईश्वर श्रेष्ठ, सल्लाहकार श्याम उदास, त्यस्तै पीडित नेपाली महिलालाई आबूधाबी बिमानस्थलसम्म पुर्‍याइ बिदाई गर्नुहुने एनआरएनए आरसीसी अबुधावी अध्यक्ष बिश्वदेब शाह, उपाध्यक्ष लगायत यो कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबै सहयोगी मनहरूलाई एनआरएनए युएईले आभार प्रकट गरेको छ।

    आगामी दिनमा पनि प्रवासमा दु:खमा परेका नेपालीको उद्दार र सहयोगमा यसैगरी सबै सहयोगी मनहरुको साथ र सहयोग जुटने अपेक्षा एनआरएनए युएईले गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राजावादी आन्दोलनपछि दुर्गा प्रसाईं सक्रिय, भक्तपुरमा केन्द्रीय भेला हुँदै

    काठमाडौं, भदौ १८ – हालै सम्पन्न राजावादी आन्दोलनपछि सक्रिय बनेका दुर्गा प्रसाईंले आफ्नो अभियानलाई तीव्रता...

    नेपाल मेटा कन्टेन्ट मनिटाइजेसन योग्य देशको सूचीमा

    काठमाडौं, भदौ १८ – अब नेपालका फेसबुक प्रयोगकर्ता र क्रियटरहरूले आधिकारिक रूपमा फेसबुकमार्फत आम्दानी गर्न...

    नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा अन्तिम सुनुवाइ सुरु

    काठमाडौं, भदौ १८ – नेपालीलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने ठगी प्रकरण अब अन्तिम चरणमा...

    गोरखामा भदौ महिनामै दशैं मनाइयो

    गोरखा, भदौ १८ – गोरखाका केही क्षेत्रमा यस वर्ष दशैं पर्व असोजमा नभई भदौ महिनामै...

    दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

    काठमाडौं, भदौ १८ – तनहुँको दमौलीमा मंगलबार राति दुई स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान...