News Portal

  • एनआरएनए कुवेतको अधिवेशनको भ्रामक प्रचारबाजी गरियो : एनआरएनए

    ६३० पटक

    कुवेत सिटी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेत (एनआरएनए)काे अधिवेशन आज बेलुकी जुलाई ३० तारिख बुधबार २०२५ मा हुने भनी भ्रम फैलाइएको भन्दै संस्थागत एकता, समावेशिता र विधिसम्मत प्रक्रियालाई आत्मसात नगरिकनै अधिवेशनको भ्रामक प्रचारबाजी गरिएको संघले जनाएको छ।

    आज एनआरएनए कुवेतको अध्यक्ष बेल बहादुर मल्ल (बिबि मल्ल) ठकुरी, महासचिव सेराज अहमद, प्रवक्ता विजय खत्रीद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति जारि गरिएको छ।

    विज्ञप्तिमा भनिएको छ- हालसम्म कुवेतमा एकताको अधिवेशनसम्बन्धी वार्ता प्रक्रिया अझै जारी रहेको र कुनै पनि सहमतिमा आधारित मिति घोषणा गरिएको छैन। यस्तो संवेदनशील अवस्थामा एक पक्षीय रूपमा आयोजना गर्न खोजिएको अधिवेशन अवैध, असंवैधानिक र संस्थागत एकता विरोधीकार्य रहेको स्पष्ट पारिएको छ।

    उक्त विज्ञप्तिमा थप अगाडि लेखिएको छ- नेपाल सरकार (परराष्ट्र मन्त्रालय)द्वारा मान्यता प्राप्त एनआरएनएकाे केन्द्रीय अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमिति अनुसार, कुवेतमा वर्तमान मान्यता प्राप्त वैध र आधिकारिक इकाइ बेलबहादुर मल्ल (बिबि मल्ल) ठकुरी नेतृत्वको एनआरएनए एनसीसी नै रहेको बताइएको छ।

    साथै, एकताको नाममा भ्रम सिर्जना गरी व्यक्तिगत स्वार्थ र निर्देशनको आधारमा भइरहेको यस्ता अधिवेशनहरू गैरसंवैधानिक हुनुका साथै एनआरएनएको विधि, नियमावली र अन्तर्राष्ट्रिय मान्यता प्राप्त संरचनाअन्तर्गत नरहेको जनाइएको छ।

    त्यस्तै, विज्ञप्तिमा कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्थाहरू, आम नेपाली समुदाय, तथा एनआरएनए अभियन्ता तथा सदस्यहरूलाई यस्ता अवैध, एकताविरोधी र संस्थालाई विभाजनतर्फ लैजाने अधिवेशनहरूलाई कुनै पनि हरहालतमा नस्वीकार्न आह्वान समेत गरिएको छ भने, संस्थागत सहमति, पारदर्शी प्रक्रिया, र समावेशी निर्णयमार्फत सशक्त, एकीकृत र विश्वसनीय एनआरएनए निर्माणमा प्रतिबद्ध रहेको बताइएको छ।

    प्रेस विज्ञप्ति हेरौं :-

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...