News Portal

एनआरएनए कुवेतको अधिवेशनको भ्रामक प्रचारबाजी गरियो : एनआरएनए

७८३ पटक

कुवेत सिटी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेत (एनआरएनए)काे अधिवेशन आज बेलुकी जुलाई ३० तारिख बुधबार २०२५ मा हुने भनी भ्रम फैलाइएको भन्दै संस्थागत एकता, समावेशिता र विधिसम्मत प्रक्रियालाई आत्मसात नगरिकनै अधिवेशनको भ्रामक प्रचारबाजी गरिएको संघले जनाएको छ।

आज एनआरएनए कुवेतको अध्यक्ष बेल बहादुर मल्ल (बिबि मल्ल) ठकुरी, महासचिव सेराज अहमद, प्रवक्ता विजय खत्रीद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति जारि गरिएको छ।

विज्ञप्तिमा भनिएको छ- हालसम्म कुवेतमा एकताको अधिवेशनसम्बन्धी वार्ता प्रक्रिया अझै जारी रहेको र कुनै पनि सहमतिमा आधारित मिति घोषणा गरिएको छैन। यस्तो संवेदनशील अवस्थामा एक पक्षीय रूपमा आयोजना गर्न खोजिएको अधिवेशन अवैध, असंवैधानिक र संस्थागत एकता विरोधीकार्य रहेको स्पष्ट पारिएको छ।

उक्त विज्ञप्तिमा थप अगाडि लेखिएको छ- नेपाल सरकार (परराष्ट्र मन्त्रालय)द्वारा मान्यता प्राप्त एनआरएनएकाे केन्द्रीय अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमिति अनुसार, कुवेतमा वर्तमान मान्यता प्राप्त वैध र आधिकारिक इकाइ बेलबहादुर मल्ल (बिबि मल्ल) ठकुरी नेतृत्वको एनआरएनए एनसीसी नै रहेको बताइएको छ।

साथै, एकताको नाममा भ्रम सिर्जना गरी व्यक्तिगत स्वार्थ र निर्देशनको आधारमा भइरहेको यस्ता अधिवेशनहरू गैरसंवैधानिक हुनुका साथै एनआरएनएको विधि, नियमावली र अन्तर्राष्ट्रिय मान्यता प्राप्त संरचनाअन्तर्गत नरहेको जनाइएको छ।

त्यस्तै, विज्ञप्तिमा कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्थाहरू, आम नेपाली समुदाय, तथा एनआरएनए अभियन्ता तथा सदस्यहरूलाई यस्ता अवैध, एकताविरोधी र संस्थालाई विभाजनतर्फ लैजाने अधिवेशनहरूलाई कुनै पनि हरहालतमा नस्वीकार्न आह्वान समेत गरिएको छ भने, संस्थागत सहमति, पारदर्शी प्रक्रिया, र समावेशी निर्णयमार्फत सशक्त, एकीकृत र विश्वसनीय एनआरएनए निर्माणमा प्रतिबद्ध रहेको बताइएको छ।

प्रेस विज्ञप्ति हेरौं :-

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...