News Portal

कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

२८९ पटक

कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक मन्त्रालयको मातृभूमि सुरक्षा र नागरिक/वासिन्दाको सुरक्षाका लागि निरन्तर प्रयासको भागस्वरूप, सुरक्षासंस्थाले हालसालै भएको मृत्युका घटनासँग सम्बन्धित अत्यन्तै विषालु मेथानोल उत्पादन र प्रचार गर्ने आपराधिक समूहलाई सफलतापूर्वक विघटन गरेको छ।

अपराध अनुसन्धान महानिर्देशनालय, लागुऔषध नियन्त्रण महानिर्देशनालय, अपराध प्रमाण महानिर्देशनालय र स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा गरिएको फील्ड अनुसन्धानका क्रममा सल्मिया क्षेत्रमा एक नेपाली नागरिकलाई पक्राउ गरिएको थियो। उनको साथबाट मेथानोल बरामद भयो र उनले यसलाई कसरी उत्पादन र बिक्री गर्ने गर्थे भन्ने कुरा स्वीकारे।

अर्काे अनुसन्धान क्रममा एक भारतीय र अर्को नेपाली नागरिक समेत पक्राउ परे, जसले मेथानोल उत्पादन र वितरणमा संलग्न रहेको खुलेको छ। त्यस्तै, उक्त नेटवर्कको मुख्य नाइके एक बंगलादेशी नागरिकलाई समेत नियन्त्रणमा लिइयो।

आन्तरिक मन्त्रालयले जनाएको छ कि, कुवेतका सबै गभर्नरेटमा सञ्चालन गरिएका तीव्र सुरक्षा अभियानका क्रममा, स्थानीय मदिरा उत्पादन र बिक्रीमा संलग्न ६ जना पक्राउ परेका छन्। साथै, अवैध उत्पादनमा प्रयोग गरिएका ६ वटा कारखाना र आवासीय तथा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका ४ वटा कारखाना नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, विभिन्न आपराधिक मामिलामा फरार रहेका विभिन्न राष्ट्रियताका ३४ जनालाई समेत पक्राउ गरिएको छ।

मन्त्रालयले जनाएकाे छ कि यस्ता पदार्थहरू अत्यन्तै खतरनाक छन्, जसले तत्काल मृत्यु निम्त्याउन सक्छ। देशको सुरक्षा कमजोर पार्ने वा जनताको जीवन जोखिममा पार्ने कोहीलाई पनि बर्दास्त नगर्ने र लागुऔषध, मदिरा वा सार्वजनिक स्वास्थ्यमा खतरा पुर्‍याउने कुनै पनि पदार्थमा संलग्न जो कोहीलाई पनि निरन्तर खोजी र कारबाही गरिनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...