News Portal

    डलरको भाउ बढ्दा आयल निगमलाई मासिक ६० करोड घाटा

    हिमाली संचार संवाददाता
    ४६७ पटक

    २ भदौ, काठमाडौं । नेपाल आयल निगमले अमेरिकी डलरको भाउ बढ्दै गएकाले पेट्रोलियम पदार्थको आयातमा करोडौं घाटा व्यहोर्नुपर्ने अवस्था आएको जनाएको छ । डलरको विनिमयदरमा एक रुपैयाँ प्रति डलर वृद्धि हुँदा मात्रै पनि मासिक करिव १५ करोड अतिरिक्त भार थपिने दावी निगमले गरेको छ ।

    पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यसँग समायोजन गरिए पनि निरन्तर उकालो लागिरहेको डलरका कारण मासिक ६० करोड लागत भार थपिएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । पछिल्लो दुई महिनामा डलरको नेपाली विनिमयदर ४ डलर बढेको छ ।

    अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार समायोजन गरिए पनि अमेरिकी डलरसँग भारतीय मुद्रा (भारु) र नेपाली मुद्रा कमजोर हुँदै गएकाले घाटा बढ्ने निगमको प्रक्षेपण छ । पेट्रोलियम पदार्थको आयातमा नेपाल भारतसँग निर्भर छ र डलरसँग भारतीय मुद्रा समेत कमजोर हुँदै गएको छ ।

    डलरको भाउ बढेपछि भारतीय आयल कर्पोरेशन (आईओसी)ले पनि मूल्य समायोजन गरेर नेपाल आयल निगमलाई पत्र पठाएको छ । अगष्ट १ र १६ तारिखमा आईओसीबाट प्राप्त पत्रअनुसार १५ दिनमा करिब २५ करोड घाटा व्यहोर्नुपर्ने देखिएको गोइतले बताए ।

    उनका अनुसार कुल कारोबारको ८० प्रतिशत हिस्सा आगटेको डिजेलमा प्रतिलिटर २ रुपैयाँ ३६ पैसा र एल.पी. ग्यासमा प्रतिसिलिण्डर २८० रुपैयाँ ६४ पैसा घाटा व्यहोर्दै आएकोमा हवाई इन्धनबाट हुने केही मुनाफाले घाटा घटाएको छ ।

    हवाई इन्धनमा अर्धमासिक ११.३५ प्रतिशत निगमलाई मुनाफा हुन्छ । तर आईओसीको नयाँ मूल्य अनुसार डिजेल र एलपी ग्यासमा मात्रै १५ दिनमा झण्डै ५० करोड घाटा हुने प्रवक्ता गोइतले जानकारी दिए ।

    पछिल्लो पटक साउन ३ गते समायोजन गरिएको नयाँ मूल्यअनुसार सबैभन्दा बढी एलपी ग्यासमा १५ दिनमा २०.४१ प्रतिशत घाटा हुने स्थिति रहेको उनले बताए ।

    नेपालमा सस्तो हुँदा भारततर्फ तस्करी !

    भारतमा भन्दा नेपालमा इन्धन सस्तो हुँदा सीमा क्षेत्रमा तस्करी हुने गरेको छ । वीरगञ्ज-रक्सौल नाकामा पेट्रोल प्रतिलिटर २४.९७ र डिजेल २७.३३, रुपैयाँ छ । पानीट्यांङ्की-काँकडभिट्टा नाकामा पेट्रोल प्रतिलिटर १९.८९, डिजेल प्रतिलिटर २३.२५ पैसा नेपालतर्फ नै इन्धनको मूल्य सस्तो छ ।

    यस्तै जोगबनी-वीराटनगर नाकामा पेट्रोल प्रतिलिटर २६.१७, डिजेल २९.९, जलेश्वर-भित्तामोड नाकामा पेट्रोल २६.१७, डिजेल २८.४२, सुनौली-भैरहवामा पेट्रोल १६.९७, डिजेल १९.६६, रुपैडिया-नेपालगन्ज नाकामा पेट्रोल १६.८६, डिजेल १९.६६ र गौरीफन्टा-धनगढी नाकामा पेट्रोल १६.७९, डिजेल १९.६० पैसा प्रतिलिटर नेपालतर्फ सस्तो रहेको प्रवक्ता गोइतले जानकारी दिए ।

    नेपालतर्फ सस्तो हुँदा खुला सीमाका कारण भारततर्फ तस्करी हुने र व्यवस्थापन चुनौतिपूर्ण हुनसक्ने खतरा निगमले औंल्याएको छ ।

    खपत बढ्यो, भण्डारण क्षमता बढेन

    निगमले इन्धन भण्डारण क्षमता कमजोर रहेको गुनासो छ । दिनप्रतिदिन पेट्रोलियम पदार्थको खपत बढ्दै गएको भन्दै निगमले तत्काल भण्डारण क्षमता बढाउनुपर्ने जनाएको छ । वि.स. २०७२ असोजमा संविधान जारी भएपश्चात भारतले नाकाबन्दी लगाउँदा नेपालमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको थियो ।

    त्यस बेलादेखि नै इन्धन भण्डारणका विषयमा बहस हुँदै आएपनि प्रगति देखिएको छैन । भौगोलिक कारणले पनि एक-दुई दिन मात्रै पेट्रोलियम पदार्थको आयात तथा ढुवानी रोकिए आपूर्ति व्यवस्थापन चुनौतिपूर्ण हुने स्थिति विद्यमान छ । काठमाडौंसहित विराटनगर, नेपालगन्ज, जनकपुर, अम्लेखगन्ज, भैरहवा, धनगढी, सुर्खेत र दिपायलमा निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्दै आएको छ ।

    निगमका अनुसार हाल पेट्रोल ५ दिन, डिजेल करिब ८ दिन र हवाई इन्धन करिब १० दिनका लागि स्टक गर्न सकिने अवस्था छ । अझ खाना पकाउने एल.पी. ग्यास त भण्डारण नै हुने गरेको छैन । आयातित इन्धनको उपभोग बढ्दै जाँदा भण्डारणतर्फ पनि ध्यान दिन निगमले सरकारको ध्यानाकर्षण गराएको छ । आर्थिक वर्ष २०७३/७४ भन्दा गत आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशतले पेट्रोलियम पदार्थको बिक्री बढेको निगमले जनाएको छ ।

    हेर्नुहोस् पछिल्लो दुई आर्थिक वर्षको तथ्यांक

    आ.व.पेट्रोल(कि.ली.)डिजेल (कि.ली.)मट्टितेल (कि.ली.)हवाई इन्धन (कि.ली.)एल.पी.जी. (मे.टन)
    २०७४/७५४, ८४७८११५, ९७, ५५१२२, ३१११, ९४, ३५८३,७०, ५६०
    २०७३/७४४,०२,२७८१२,९७,०६६१९,४५९१,६४,२९९३,१२,९२८
    बिक्री वृद्धि२० प्रतिशत२३ प्रतिशत१५ प्रतिशत१८ प्रतिशत१८ प्रतिशत
    स्रोतः नेपाल आयल निगम

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    एनआरएनएको आधिकारिकताबारे कुनै पनि भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह

    अमेरिका, असार २ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेशकुमार...

    रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द

    रविन्द्र बराल/ मोरङ, असार २ – सरकारले सुनचाँदीमा अनावश्यक रुपमा कर लगाएको विरोधमा रंगेलीका सुनचाँदी...

    सुनचाँदी व्यवसायीहरू सडकमा : करको बोझ हटाउन माग

    काठमाडौं, असार २ – नेपालभरका सुनचाँदी व्यवसायीहरू सरकारले लगाएको नयाँ कर संरचनाविरुद्ध आक्रोशित बन्दै आज...

    फेसबुकमा आत्महत्या गर्ने संकेत दिएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल फेला, प्रहरी नियन्त्रणमा

    काठमाडौं, असार २ –  सामाजिक सञ्जालमा आत्महत्या गर्ने संकेतपूर्ण स्टाटस लेखेर हराएका डा. केशव श्रेष्ठ...

    ‘झूठा आरोप, मानसिक यातना र अब म सकिँदैछु’ — डा. केशव श्रेष्ठको भावुक स्टाटस

    रामेछाप, असार २ – रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसू) डा. केशव श्रेष्ठले एक भावुक...