News Portal

महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

३५४ पटक

काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको थियो। अध्यक्ष केपी शर्मा ओली बाहेक अधिकांश नेताहरू उपस्थित थिए।

कार्यक्रमपछि एमाले नेता महेश बस्नेत युट्युबरहरूसँग कुराकानी गर्दै देखिए। जब उनलाई सुधन गुरुङले आरोप लगाएको भन्ने प्रश्न सोधियो, बस्नेतले भने, “त्यस्ता हावा कुरा हुन्। उनीहरूले मलाई कुनै आरोप लगाएका छैनन्। सुधन गुरुङ अलिकति डराएका कुरा मात्र हो।”

बस्नेतले थपे कि सुधन गुरुङ एमालेमा आउन सक्ने सम्भावना छ। “सुधन भाइ एमालेमा आउँछन् जस्तो लाग्छ। यदि उनीहरू आए भने अचम्म नमान्नु।”

यसअघि सुधन गुरुङले आफूलाई केही अज्ञात समूहले फलो गरेको बताएका थिए। उनी हाल जेन जीको प्रतिनिधि बनेर मिडियामा देखा परिरहेका छन्।

त्यस्तै, बस्नेतले अभिनेत्री रिमा विश्वकर्मालाई जवाफ दिएका छन्। केही दिनअघि विश्वकर्माले सामाजिक सञ्जालमा बस्नेतलाई ‘नेता हो कि गुन्डा?’ भनेर प्रश्न गरेकी थिइन्।

बस्नेतले जवाफमा भने, “मलाई गुन्डा भन्नु उचित छैन। २३ वर्षको उमेरमा गाविस अध्यक्ष बनेँ, अहिलेसम्म कसैसँग दुई रूपैयाँ मागेको छैन। तपाईंका भाइको अनुभवले पनि सत्यता बताउँछ। देश सजिलो छैन र हावाको भरमा चल्दैन।”

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...