आज : २०२६-०८-१८, मङ्गलबार

देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको क्रममा टाउकोमा १२ वटा टाँका लगाइएको छ। पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार देउवा अहिले सामान्य अवस्थामा फर्कँदै हुनुहुन्छ र बोलचाल तथा हिँडडुल गर्न सक्नुहुन्छ।

विश्वकर्माले भने, “सुरुमा चिन्ता थियो, तर उपचारले स्वास्थ्यमा सुधार ल्याएको छ। गर्धनमा सामान्य चोट छ, टाउकोको चोट निको हुँदैछ। अहिले अस्पतालमै राखेर उपचार भइरहेको छ किनभने बाहिर गएर भिडभाडमा परे स्वास्थ्यमा असर पर्न सक्छ।”

सभापति देउवा र उहाँकी पत्नी दुवैको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ र पार्टीका नेतासँगको संवादमा सक्रिय देखिनुहुन्छ।