News Portal

युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

२४१ पटक

काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित फिर्ता भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा सहजीकरणमा रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार गरिएको हो। उनीहरू जुलाई २०२४ देखि युक्रेनको इमिग्रेसन क्याम्पमा थिए।

उद्धार प्रक्रिया उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सहयोगका लागि सम्पर्क गरेपछि सुरु भएको थियो।

आज दिउँसो १ बजे उनीहरू मल्दोवा र नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघका प्रमुख कार्यकारी अधिकृत र कनिष्ठ अधिकृतले स्वागत गरेका थिए।

उद्धारमा सहयोग पुर्‍याएकोमा उनीहरूले एनआरएनए र जर्मनीस्थित दूतावासलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...