News Portal

  • तपाईलाई ऐँठन भएको छ? ऐँठन के हो ? किन हुन्छ ऐँठन?

    हिमालीसंचार संवाददाता
    ३९२ पटक

    निद्राको समयमा शरीरमा गह्रौँ वस्तुले थिचेजस्तो महसुस हुनुलाई साधारण बोलीचालीको भाषामा ऐँठन भनिन्छ । अर्थात् निद्रित अवस्था वा सपनामा रक्तसञ्चार वा श्वासको गतिमा कुनै कारणवश व्यवधान भएमा हुने कष्ट वा छटपटीलाई ऐँठन भनिन्छ।

    विशेषगरी उत्तानो परेर सुतेको समयमा ऐँठन हुने गर्छ । ऐँठन भएको बेलामा कोही डरलाग्दो मान्छेले थिचे जस्तो, कसैले समाते जस्तो, छातीमा कोही बसे जस्तो हुन्छ त्यसको प्रतिकार गर्न खोज्दा हात खुट्टा नचल्ने र आवाज पनि नआउने हुन्छ ।

    चिकित्सकीय भाषामा शरीरमा अक्सिजनको मात्रा कम हुँदा अनिद्रा, उत्तानो परेर सुत्ने बानी, नशालु पदार्थ खाएर सुत्दा ऐँठन हुने सम्भावना बढी हुन्छ । यस्तो समस्यालाई ‘स्लिपिङ प्यारालाइसिस’ भनिने चिकित्सकहरू बताउँछन् ।

    यस्तो बेलामा निसास्सिने, पसिना आउने हुन्छ । यो समस्या समाधानका लागि मोबाइल चलाउने, चर्को गीत बजाएर सुत्ने वा निद्रालाई बाधा पुग्ने कामहरू गर्नुहुँदैन । सुत्ने र उठ्ने तालिका एकनास हुनुपर्छ । यसका साथै सुत्ने ओछ्यान पनि सहज हुनुपर्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

    काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष...

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...