News Portal

  • टिकटकले ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने बनायो

    टिकटकले आफ्नो प्लेटफर्ममा भिडियो अपलोड गर्न सकिने समयको सीमा विस्तार गरेको छ।

    संगीता गुरुङ
    ३६१ पटक

    फाल्गुन २०, काठमाडौँ – टिकटकले आफ्नो प्लेटफर्ममा भिडियो अपलोड गर्न सकिने समयको सीमा विस्तार गरेको छ। अबदेखि, टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने भएको छ। यसअघि, टिकटक प्रयोगकर्ताले अधिकतम १० मिनेटसम्मको भिडिओ मात्र अपलोड गर्न सक्थे, तर अब यो समय सीमा उल्लेखनीय रूपमा बढाइएको छ।

    पहिला टिकटकमा १५ सेकेन्डदेखि १ मिनेट, ३ मिनेट र १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्थ्यो। तर हालको परिवर्तन अनुसार, अब बाहिरी एपहरूबाट तयार पारिएका ६० मिनेटसम्मका भिडिओ पनि टिकटकमा अपलोड गर्न सकिनेछन्।

    यो नयाँ सुविधा टिकटक प्रयोगकर्ताहरूलाई लामो भिडिओ सामग्री साझा गर्ने सुविधा दिन्छ, जसले अन्य भिडियो शेयरिंग प्लेटफर्महरूको प्रतिस्पर्धामा टिकटकलाई अझ प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...