News Portal

जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

३१७ पटक

काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको अन्तर्वार्तामा आफ्नो अनुभव, संघर्ष र आगामी योजनाबारे खुलेर कुरा गरेका छन्। ‘हामी नेपाल’ नामक संस्थाका संयोजकसमेत रहेका गुरुङले आन्दोलनपछि देशभरि उत्पन्न भएको परिस्थितिले आफूलाई भावनात्मक रूपमा असर पारे पनि जनताको आशा पूरा गर्न लडिरहने प्रतिवद्धता जनाए।

गुरुङका अनुसार अहिले आन्दोलन केवल सडकमै सीमित छैन, यो न्याय, जवाफदेही र नयाँ नेपालको खोजसँग जोडिएको छ। उनले भने, “हामी जनताबाट एजेन्डा संकलन गर्दैछौँ, जनताको आवाजै हाम्रो प्राथमिकता हो।” आन्दोलनलाई व्यवस्थित बनाउन उनीहरूले डिस्कर्डलगायत सामाजिक सञ्जाल प्रयोग गरेको र यसले युवाहरूलाई एकताबद्ध गर्न ठूलो सहयोग पुगेको उनले बताए।

अन्तरिम प्रधानमन्त्रीको चयनबारे उठेका आलोचनाप्रति गुरुङले संसाधन र सहभागिता सीमित रहे पनि आफूहरूले सक्दो प्रयास गरेको बताए। सुशीला कार्कीलाई रोज्नुको कारण उनको भ्रष्टाचारविरोधी इतिहास रहेको बताए। उनले जनताले चाहेमा आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रधानमन्त्रीका लागि पनि लड्ने संकेत गरे।

पुराना दल र नेताहरूप्रति भने गुरुङ कठोर देखिए। विगतका अपराध, दमन र भ्रष्टाचारको छानबिन गरी दोषीलाई चुनावमा भाग लिन नदिने चेतावनी दिए। यदि चुनावबाट पुरानै नेताहरू फर्काए भने जनताले स्वीकार नगर्ने र आफूहरू पुनः विरोधमा जाने उनको अडान रह्यो।

राजावादी वा अन्य समूहसँग सहकार्यबारे सोध्दा उनले दलगत झण्डा भन्दा राष्ट्रिय झण्डा महत्त्वपूर्ण हुने बताए। छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्ने तर आन्तरिक मामिलामा हस्तक्षेप नस्वीकार्ने उनको भनाइ थियो।

आन्दोलनका क्रममा देखिएको हिंसाबारे उनले पहिलो गोली सरकारकै तर्फबाट चलेको र त्यसपछि मात्र जनताले प्रतिरोध गरेको दाबी गरे। भविष्यमा थप तनावको सम्भावना देखिए पनि उनले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्न सके हिंसा दोहोरिन नदिने विश्वास व्यक्त गरे।

सुरक्षाबारे चिन्ता नराखेको बताउँदै गुरुङले आफू देशका लागि जे पनि गर्न तयार रहेको दोहोर्‍याए। उनले भने, “मसँग विकल्प छैन, लड्नैपर्छ। देश बचाउन अहिले नलडे कहिल्यै सकिन्न।”

प्रतिकृया दिनुहोस्

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...