News Portal

जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

५१२ पटक

काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको अन्तर्वार्तामा आफ्नो अनुभव, संघर्ष र आगामी योजनाबारे खुलेर कुरा गरेका छन्। ‘हामी नेपाल’ नामक संस्थाका संयोजकसमेत रहेका गुरुङले आन्दोलनपछि देशभरि उत्पन्न भएको परिस्थितिले आफूलाई भावनात्मक रूपमा असर पारे पनि जनताको आशा पूरा गर्न लडिरहने प्रतिवद्धता जनाए।

गुरुङका अनुसार अहिले आन्दोलन केवल सडकमै सीमित छैन, यो न्याय, जवाफदेही र नयाँ नेपालको खोजसँग जोडिएको छ। उनले भने, “हामी जनताबाट एजेन्डा संकलन गर्दैछौँ, जनताको आवाजै हाम्रो प्राथमिकता हो।” आन्दोलनलाई व्यवस्थित बनाउन उनीहरूले डिस्कर्डलगायत सामाजिक सञ्जाल प्रयोग गरेको र यसले युवाहरूलाई एकताबद्ध गर्न ठूलो सहयोग पुगेको उनले बताए।

अन्तरिम प्रधानमन्त्रीको चयनबारे उठेका आलोचनाप्रति गुरुङले संसाधन र सहभागिता सीमित रहे पनि आफूहरूले सक्दो प्रयास गरेको बताए। सुशीला कार्कीलाई रोज्नुको कारण उनको भ्रष्टाचारविरोधी इतिहास रहेको बताए। उनले जनताले चाहेमा आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रधानमन्त्रीका लागि पनि लड्ने संकेत गरे।

पुराना दल र नेताहरूप्रति भने गुरुङ कठोर देखिए। विगतका अपराध, दमन र भ्रष्टाचारको छानबिन गरी दोषीलाई चुनावमा भाग लिन नदिने चेतावनी दिए। यदि चुनावबाट पुरानै नेताहरू फर्काए भने जनताले स्वीकार नगर्ने र आफूहरू पुनः विरोधमा जाने उनको अडान रह्यो।

राजावादी वा अन्य समूहसँग सहकार्यबारे सोध्दा उनले दलगत झण्डा भन्दा राष्ट्रिय झण्डा महत्त्वपूर्ण हुने बताए। छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्ने तर आन्तरिक मामिलामा हस्तक्षेप नस्वीकार्ने उनको भनाइ थियो।

आन्दोलनका क्रममा देखिएको हिंसाबारे उनले पहिलो गोली सरकारकै तर्फबाट चलेको र त्यसपछि मात्र जनताले प्रतिरोध गरेको दाबी गरे। भविष्यमा थप तनावको सम्भावना देखिए पनि उनले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्न सके हिंसा दोहोरिन नदिने विश्वास व्यक्त गरे।

सुरक्षाबारे चिन्ता नराखेको बताउँदै गुरुङले आफू देशका लागि जे पनि गर्न तयार रहेको दोहोर्‍याए। उनले भने, “मसँग विकल्प छैन, लड्नैपर्छ। देश बचाउन अहिले नलडे कहिल्यै सकिन्न।”

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...