News Portal

शिवरात्रीको अवसरमा कटगरामा भजन कीर्तन हुँदै

मोरङको रतुवामाई–४, कटगरा स्थित गडिमहराजमा तीन दिने शिवरात्री विशेष पूजा–पाठ हुनुका साथै श्री श्री १०८ अष्याम महायज्ञ अन्तर्गत ३८ घण्टाको भजन कीर्तन हुने भएको छ।

रबिन्द्र बराल
५२० पटक

मोरङ, फाल्गुन १४ – रतुवामाई–४, कटगरा स्थित गडिमहराजमा तीन दिने शिवरात्री विशेष पूजा–पाठ हुनुका साथै श्री श्री १०८ अष्याम महायज्ञ अन्तर्गत ३८ घण्टाको भजन कीर्तन हुने भएको छ। शिवरात्रीको अवसर पारेर आज कलश यात्रा समेत निकालिएको छ। नुना बक्राह खोलाको जल लिएर गडिमहाराज थानमा चढाई कार्यक्रमको शुभारम्भ गरिएको थियो।

गत पुस २३ गते, स्थानीय तिलो देवी गिरिको खेतमा रहेको पुरानो बरको रुखमा दिउँसो खेतमा काम गर्न गएका केही स्थानीयले वरिपरि एक जोडी नाग देखेपछि उक्त स्थानमा भगवानको बास हुन सक्ने अनुमान गर्दै पूजापाठ सुरु गरिएको थियो। त्यसपछि, तिलो देवीले सोही स्थानमा रहेको बरको रुख सहितको १० धुर जग्गा दान दिएपछि स्थानीयले चन्दा संकलन गरी सामान्य रूपमा मन्दिर निर्माण गरेका थिए।

तीन दिने मेलाको आयोजना गरिएको र रात्रीकालीन भजन कीर्तन समेत हुने भएकाले शान्ति सुरक्षाका लागि प्रहरीको सहयोग तथा स्थानीय युवाहरूको समूह परिचालन गरिएको शिव मुरमुले जानकारी दिए। साथै, मन्दिर निर्माणका लागि वडा कार्यालय र नगरपालिकासँग आग्रह गरी सहयोग प्राप्त गर्ने योजनामा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमराज गिरिले बताए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...