News Portal

रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

२८८ पटक

काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको चाडपर्वमा शुभकामना सन्देश बाहेक कुनै पनि प्रकारका उपहार नस्वीकार गर्न निर्देशन दिएको छ।

सोमबार जारी विज्ञप्तिमार्फत रास्वपाले पूर्व सांसदहरूलाई प्रयोगमा रहेका रातो पासपोर्ट र सांसद परिचयपत्र तत्कालै संघीय संसद् सचिवालयमा बुझाउन आग्रह गरेको छ। प्रवक्ता मनिष झाका अनुसार, यो निर्णय पार्टीको आन्तरिक आचारसंहिता र पारदर्शी अभ्यासलाई ध्यानमा राखेर गरिएको हो।

जेनजी आन्दोलनको क्रममा ७५ जनाले ज्यान गुमाएको संवेदनशील अवस्थालाई स्मरण गर्दै रास्वपाले यसपालि कुनै पनि चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न वा नगराउन पनि आफ्ना कार्यकर्तासमेत सबै तहका संरचनालाई आग्रह गरेको छ। पार्टीले विशेषगरी ब्यानर र झन्डा प्रयोग गरी हुने कार्यक्रम रोक्न निर्देशन दिएको छ।

रास्वपाले यस्तो कदमले शोकको घडीमा संयमित भूमिका खेल्न मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...