News Portal

  • रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    १३७ पटक

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको चाडपर्वमा शुभकामना सन्देश बाहेक कुनै पनि प्रकारका उपहार नस्वीकार गर्न निर्देशन दिएको छ।

    सोमबार जारी विज्ञप्तिमार्फत रास्वपाले पूर्व सांसदहरूलाई प्रयोगमा रहेका रातो पासपोर्ट र सांसद परिचयपत्र तत्कालै संघीय संसद् सचिवालयमा बुझाउन आग्रह गरेको छ। प्रवक्ता मनिष झाका अनुसार, यो निर्णय पार्टीको आन्तरिक आचारसंहिता र पारदर्शी अभ्यासलाई ध्यानमा राखेर गरिएको हो।

    जेनजी आन्दोलनको क्रममा ७५ जनाले ज्यान गुमाएको संवेदनशील अवस्थालाई स्मरण गर्दै रास्वपाले यसपालि कुनै पनि चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न वा नगराउन पनि आफ्ना कार्यकर्तासमेत सबै तहका संरचनालाई आग्रह गरेको छ। पार्टीले विशेषगरी ब्यानर र झन्डा प्रयोग गरी हुने कार्यक्रम रोक्न निर्देशन दिएको छ।

    रास्वपाले यस्तो कदमले शोकको घडीमा संयमित भूमिका खेल्न मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...