News Portal

तपाईलाई ऐँठन भएको छ? ऐँठन के हो ? किन हुन्छ ऐँठन?

हिमालीसंचार संवाददाता
४६१ पटक

निद्राको समयमा शरीरमा गह्रौँ वस्तुले थिचेजस्तो महसुस हुनुलाई साधारण बोलीचालीको भाषामा ऐँठन भनिन्छ । अर्थात् निद्रित अवस्था वा सपनामा रक्तसञ्चार वा श्वासको गतिमा कुनै कारणवश व्यवधान भएमा हुने कष्ट वा छटपटीलाई ऐँठन भनिन्छ।

विशेषगरी उत्तानो परेर सुतेको समयमा ऐँठन हुने गर्छ । ऐँठन भएको बेलामा कोही डरलाग्दो मान्छेले थिचे जस्तो, कसैले समाते जस्तो, छातीमा कोही बसे जस्तो हुन्छ त्यसको प्रतिकार गर्न खोज्दा हात खुट्टा नचल्ने र आवाज पनि नआउने हुन्छ ।

चिकित्सकीय भाषामा शरीरमा अक्सिजनको मात्रा कम हुँदा अनिद्रा, उत्तानो परेर सुत्ने बानी, नशालु पदार्थ खाएर सुत्दा ऐँठन हुने सम्भावना बढी हुन्छ । यस्तो समस्यालाई ‘स्लिपिङ प्यारालाइसिस’ भनिने चिकित्सकहरू बताउँछन् ।

यस्तो बेलामा निसास्सिने, पसिना आउने हुन्छ । यो समस्या समाधानका लागि मोबाइल चलाउने, चर्को गीत बजाएर सुत्ने वा निद्रालाई बाधा पुग्ने कामहरू गर्नुहुँदैन । सुत्ने र उठ्ने तालिका एकनास हुनुपर्छ । यसका साथै सुत्ने ओछ्यान पनि सहज हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...