News Portal

कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

३०६ पटक

काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका अभियन्ता निकोलस भुसाल निराश हुँदै फर्किएका छन्।

भुसालले लामिछानेलाई भेट्ने अनुमति नपाएपछि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहमाथि आक्रोश पोख्दै अहिलेको सरकारले अघिल्लो भन्दा बढी दमन गरिरहेको दाबी गरे। उनका अनुसार, “भैरहवा र पोखरामा भेट्न पाएको थिएँ, तर यसपटक भेट्न दिएनन्। पार्टीका नेता र आफन्तले समेत भेट्न नपाएको रहेछ। दशैंमा पनि परिवारका एक जनालाई मात्र भेट्न दिने भनिएको छ।”

भुसालले मेयर साहलाई लक्षित गर्दै, रवि बाहिरिएपछि आफ्नो प्रभाव घट्ने डर बालनलाई रहेको आरोप लगाए। उनले बालनलाई ‘लुसिफर’ सम्बोधन गर्दै विदेशी शक्ति, विशेषगरी अमेरिकी र भारतीय दूतावासले प्रयोग गरिरहेको समेत दाबी गरे।

रविसँग आगामी योजनाबारे सल्लाह गर्न आएको तर भेट्न नपाएकोमा उनले गुनासो गर्दै सरकार नियोजित रुपमा भेटघाटमा अवरोध गरिरहेको टिप्पणी गरे।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...