News Portal

रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

२८१ पटक

बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता बुझाउन अल्टिमेटम दिएपछि रूपन्देहीका उद्योगीहरू फेरि तनावमा छन्। प्राधिकरणले २१ दिनभित्र बक्यौता तिर्न आग्रह गरेको छ भने, किस्ताबन्दीमा भुक्तानी गर्न चाहने उद्योगीहरूलाई २८ महिनासम्म सुविधा दिने जानकारी पनि उपलब्ध गराएको छ।

उद्योगीहरूले भने प्राधिकरणको कदम अन्यायपूर्ण भएको आरोप लगाएका छन्। उनीहरूको भनाइ अनुसार, धेरै उद्योगले माग गरिएको विद्युत सेवा कहिले पनि लिएको छैन। पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहले ट्रंकलाइनको समयमा उद्योगले लोडसेडिङको समस्या भोग्नुपरेको बताए।

रूपन्देहीका उद्योगीहरूका अनुसार, ऊर्जामन्त्री कुलमान घिसिङले कार्यकारी निर्देशक हटाएपछि उद्योगीहरूलाई ‘बदला’ स्वरूप बक्यौता असुल्न दबाब दिएको आरोप छ। गोयन्का फुड्सका सञ्चालक अरूण गोयन्काले भने, “प्राधिकरणले प्रयोग नगरेको विद्युतको बिल काटेर जरिवाना असुल्न खोजेको छ। यसरी उद्योग चलाउन सकिँदैन। बरू उद्योग बन्द गर्ने बाहेक विकल्प छैन।”

एसआर फुड्सका सञ्चालक सुमन भुसालले पनि कानुनी प्रक्रिया नअपनाइ बक्यौता असुल्न खोजिएको बताए। उनका अनुसार, डेडिकेटेड वा ट्रंकलाइनबाट २० घण्टा विद्युत प्रयोग गरेपछि मात्र प्रिमियम दरमा बिल लाग्नुपर्छ, तर प्राधिकरणले आवश्यक प्रमाण उपलब्ध गराउन सकेको छैन।

यदि विवाद यथावत रह्यो भने २१ उद्योग बन्द हुने र ७ हजारभन्दा बढी कामदार बेरोजगार हुने खतरा रहेको उद्योगीहरूले बताएका छन्। उद्योगीहरूले अब अदालतको बाटो अपनाउने तयारी समेत गरिरहेका छन्। ऊर्जा मन्त्रालयले डेडिकेटेड र ट्रंकलाइन प्रयोगकर्ताबाट बक्यौता उठाउने कामलाई प्राथमिकता दिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...