News Portal

फिल्म ‘होस्टेल-३’ ले काठमाडौं र उपत्यका बाहिर शानदार कलेक्सन गर्दै

नेपाली फिल्म 'होस्टेल-३' ले प्रदर्शनको पहिलो हप्तामा राम्रो व्यापार गरेको छ।

संगीता गुरुङ
६९७ पटक

काठमाडौं, चैत्र १ – नेपाली फिल्म ‘होस्टेल-३’ ले प्रदर्शनको पहिलो हप्तामा राम्रो व्यापार गरेको छ। फिल्मले ४ करोड ३२ लाख रूपैयाँको ग्रस कलेक्सन गरेको निर्माणपक्षले जानकारी दिएको छ।

निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका निर्देशक सशान कँडेलका अनुसार, वितरकहरूबाट प्राप्त रिपोर्टको आधारमा यो आँकडा सार्वजनिक गरिएको हो। कँडेलले भने, “वितरकद्वारा दिएको रिपोर्ट अनुसार, फिल्मले काठमाडौं उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ।”

‘होस्टेल-३’ को प्रमुख भूमिका निभाउने कलाकारहरूमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी र समा पराजुली छन्। फिल्मको निर्देशन सशान कँडेलले गरेका हुन् भने निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी छन्।

फिल्म ‘होस्टेल-३’ अहिले प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरिसकेको छ र यसले राम्रो व्यापार गर्न जारी राखेको छ।

 

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...