News Portal

पाँचौं साफ महिला च्याम्पियनसिप नेपालमा, श्रीलंकाले आयोजनाबाट हात झिक्यो !

हिमाली संचार संवाददाता
६४५ पटक

काठमाडौँ : श्रीलंकाले आयोजना नगर्ने भएपछि दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च प्रतियोगिता ‘साफ महिला च्याम्पियनसिप’ को पाँचौं संस्करण नेपालमा हुने लगभग पक्का भएको छ  ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आउँदो डिसेम्बर १७–२६ सम्म साफ च्याम्पियनसिप श्रीलंकामा आयोजना हुने निर्णय गरेको थियो । तर, हालै श्रीलंका फुटबल महासंघले च्याम्पियनसिप आयोजना नगर्ने जानकारी साफलाई गराइसकेको छ । ‘श्रीलंकाले आयोजना नगर्ने भएपछि साफले हामी (नेपाल) लाई च्याम्पियनसिप गर्न प्रस्ताव गरेको छ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘हामीले आयोजना पहिलोपल्ट महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न एन्फा तयार छ भनेर जवाफ दिइसकेका छौं ।’

साफले निश्चित गरेको मितिमा काठमाडौंमा सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन भइरहेको हुनेछ । त्यो सँगै राजधानीबाहिर पनि ठूला प्रतियोगितालाई आयोजना गर्न साफ महिला च्याम्पियनसिप मोफसलतिर लैजाने योजना बनाइएको पनि अध्यक्ष शेर्पाले बताए । ‘हामी उपत्यका (काठमाडौं) बाहिर पनि प्रतियोगिता आयोजना गर्न तयार छौं । त्यसैले विराटनगर, बुटवल वा कञ्चनपुरमध्ये एक स्थानमा च्याम्पियनसिप आयोजना गर्ने प्रस्ताव साफसँग गरेका छौं । साफले सहमति जनाएमा मोफसलमै च्याम्पियनसिप सञ्चालन गर्नेछौं ।’ साफले तोकेकै मितिमा प्रतियोगिता आयोजना गर्न पनि एन्फा तयार भएको उनले बताए ।

साफ महिला च्याम्पियनसिप दोस्रोपल्ट आयोजना गर्ने निर्णय गरे पनि श्रीलंकाले खेल सञ्चालन स्थलबारे भने टुंगो लगाएको थिएन । पाँचौं साफमा दक्षिण एसियाली सातै टिमले प्रतिस्पर्धा गर्ने तय भइसकेको छ । ती टिमलाई लिगकम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगिताको लागि दुई समूहमा विभाजन पनि गरिसकेको छ । पछिल्लो संस्करणको उपविजेता बंगलादेशसँगै नेपाल, पाकिस्तान र भुटान समूह ‘ए’ मा छन् भने अर्को समूहमा डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

साफ महिला च्याम्पियनसिप सन् २०१० मा कक्स–बजार (बंगलादेश) बाट सुरु भएको थियो । त्यसयता च्याम्पियनसिप श्रीलंकाको कोलम्बो (२०१२), पाकिस्तानको इस्लामाबाद (२०१४) र भारतको सिलिगुढी (२०१६) मा भएको थियो । सुरुका तीन संस्करणमा फाइनलको नतिजा भारतलाई सुम्पिएको नेपाली टिम सिलिगुढी संस्करणमा भने सेमिफाइनलमै रोकिएको थियो । घरेलु टिम भारतले सीमावर्ती सहरको कञ्चनजंंघा रंगशालामा भएको अन्तिम चारको प्रतिस्पर्धामा नेपालमाथि ३–१ को जित निकालेको थियो ।

मुख्य प्रिशिक्षकका रूपमा हरि खड्काले सम्हालेको नेपाली राष्ट्रिय टोलीले साफसम्मको योजनासहित दुई महिनायता तयारी गरिरहेको छ । त्यसैको सिलसिलामा महिला टिम शुक्रबार चीनतर्फ लाग्नेछ । उतैबाट ओलम्पिक २०२० को एसियाली छनोटमा सहभागी हुन म्यानमार जानेछ । नोभेम्बर ८ देखि हुने छनोटमा नेपालले आयोजक म्यानमारसँगै भारत र बंगलादेशविरुद्ध खेल्नेछ ।

साफ महिला च्याम्पियनसिप
वर्ष/आयोजनास्थल विजेता गोल उपविजेता
सन् २०१०/कक्सबजार भारत १–० नेपाल
सन् २०१२/कोलम्बो भारत ३–१ नेपाल
सन् २०१४/इस्लामाबाद भारत ६–० नेपाल
सन् २०१६/सिलिगुढी भारत ३–१ बंगलादेश

कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...