News Portal

खेलकुदमा सरकारको सक्रियता : अब खेलाडीहरू पेशागत रूपमा अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीको दाबी

३२६ पटक

काठमाडौं, असार २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । बुधबार बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय खेलकुद क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको बताए ।

उनका अनुसार नेपालमा विगतमा खेलकुद क्षेत्र व्यवस्थित रूपमा अगाडि बढाउन खासै प्रयास नभए पनि अहिले सरकारी सक्रियताले खेलाडीहरूलाई पेशागत रूपमा खेलमै समर्पित हुन सक्ने आधार तयार भएको छ । उनले विगतमा खेलाडीहरूले केवल शौखका रूपमा मात्र खेल खेल्नुपर्ने बाध्यता रहेको तर अहिले भने खेल नै जीविकोपार्जनको माध्यम बन्न थालेको धारणा राखे ।

‘पहिला व्यवसायिक रूपमा खेल्न सकिने अवस्था थिएन, अहिले खेलाडीहरूले खेलबाटै जीवन चलाउन सक्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारी ध्यान र पूर्वाधार विकाससँगै नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हासिल गर्दै गएको छ ।’

प्रधानमन्त्री ओलीले देशमा दशरथ रंगशाला मात्रै ठूलो खेल मैदानको रूपमा रहँदै आएको तर पछिल्लो समय क्रिकेट लगायतका खेलमा पनि सन्तोषजनक प्रगति भइरहेको बताए । उनले खेलकुद क्षेत्रलाई अझ व्यवस्थित र विस्तार गर्न सरकार कटिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको गौरव बढाएका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...