News Portal

खेलकुदमा सरकारको सक्रियता : अब खेलाडीहरू पेशागत रूपमा अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीको दाबी

२५२ पटक

काठमाडौं, असार २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । बुधबार बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय खेलकुद क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको बताए ।

उनका अनुसार नेपालमा विगतमा खेलकुद क्षेत्र व्यवस्थित रूपमा अगाडि बढाउन खासै प्रयास नभए पनि अहिले सरकारी सक्रियताले खेलाडीहरूलाई पेशागत रूपमा खेलमै समर्पित हुन सक्ने आधार तयार भएको छ । उनले विगतमा खेलाडीहरूले केवल शौखका रूपमा मात्र खेल खेल्नुपर्ने बाध्यता रहेको तर अहिले भने खेल नै जीविकोपार्जनको माध्यम बन्न थालेको धारणा राखे ।

‘पहिला व्यवसायिक रूपमा खेल्न सकिने अवस्था थिएन, अहिले खेलाडीहरूले खेलबाटै जीवन चलाउन सक्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारी ध्यान र पूर्वाधार विकाससँगै नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हासिल गर्दै गएको छ ।’

प्रधानमन्त्री ओलीले देशमा दशरथ रंगशाला मात्रै ठूलो खेल मैदानको रूपमा रहँदै आएको तर पछिल्लो समय क्रिकेट लगायतका खेलमा पनि सन्तोषजनक प्रगति भइरहेको बताए । उनले खेलकुद क्षेत्रलाई अझ व्यवस्थित र विस्तार गर्न सरकार कटिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको गौरव बढाएका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...

आईटी रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याई नेपालीलाई साइबर दास बनाइएको खुलासा, पाँच जनामाथि मुद्दा

काठमाडौं, २२ पुस । आईटी क्षेत्रमा राम्रो आम्दानी हुने काम दिलाइदिने भन्दै नेपाली युवालाई म्यानमार...

आज २०८२ साल पुष २२ गतेको राशिफल

आज पुष २२, २०८२ (जनवरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...