News Portal

क्यानको बोर्ड बैठक बिहीबार, एनपीएल समीक्षा र टी–२० विश्वकप तयारी मुख्य एजेन्डा

३७३ पटक

काठमाडौं, साउन १४ – नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार काठमाडौंमा बस्ने भएको छ। बैठकमा नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको विस्तृत समीक्षा गर्दै दोस्रो संस्करणको तयारी, राष्ट्रिय टोलीको टी–२० विश्वकप तयारीलगायत महत्वपूर्ण विषयहरूमा छलफल हुने भएको हो।

क्यानका प्रवक्ता छुम्बी लामाले एनपीएल र टी–२० विश्वकप तयारी बैठकका दुई मुख्य एजेन्डा रहेको जानकारी दिए। “एनपीएलकै उपलब्धि र कमजोरीबारे समीक्षा गरेर आगामी संस्करणलाई अझ व्यवस्थित बनाउनेबारे निर्णय हुनेछ। त्यससँगै राष्ट्रिय टोलीको टी–२० विश्वकप छनोट र तयारीका विषयमा पनि विस्तृत छलफल हुनेछ,” उनले हिमाली सञ्चारसँग भने।

गत मंसिर–पुसमा सम्पन्न एनपीएलको पहिलो संस्करणका उपलब्धि, चुनौती र कमजोरीबारे बैठकमा विस्तृत समीक्षा हुनेछ। दोस्रो संस्करणका लागि अक्सनको मिति तोकिसकिएको छ भने यसपटक पहिलो सिजनको आर्थिक विवरण पनि सार्वजनिक गर्ने तयारी गरिएको छ। यसअघि आर्थिक हिसाबकिताब सार्वजनिक नगरेको भन्दै बोर्ड सदस्यहरूले ध्यानाकर्षण गराएका थिए। अध्यक्ष चतुरबहादुर चन्दले प्रक्रियागत त्रुटीहरूलाई सच्याउँदै आगामी दिनमा पारदर्शिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

यसैगरी बैठकमा नेपाली टोलीको आगामी अक्टोबरमा हुने टी–२० विश्वकप एसिया र इस्ट एसिया पेसिफिक छनोटका तयारीबारे पनि विशेष छलफल हुनेछ। नेपाली टोली अहिले भारतमा प्रशिक्षणमा व्यस्त छ भने केही खेलाडीहरू नेपालमै अभ्यास गरिरहेका छन्। टोलीले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने कार्यक्रम पनि तय भएको छ।

बैठकमा क्यानको वार्षिक क्यालेन्डरबारे पनि समीक्षा हुनेछ। हालसम्मको कार्यसम्पादन मूल्यांकन गर्दै आगामी वर्ष समेट्नुपर्ने नयाँ गतिविधिहरूको योजना तयार पारिने क्यानले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...