News Portal

क्यानको बोर्ड बैठक बिहीबार, एनपीएल समीक्षा र टी–२० विश्वकप तयारी मुख्य एजेन्डा

५२२ पटक

काठमाडौं, साउन १४ – नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार काठमाडौंमा बस्ने भएको छ। बैठकमा नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको विस्तृत समीक्षा गर्दै दोस्रो संस्करणको तयारी, राष्ट्रिय टोलीको टी–२० विश्वकप तयारीलगायत महत्वपूर्ण विषयहरूमा छलफल हुने भएको हो।

क्यानका प्रवक्ता छुम्बी लामाले एनपीएल र टी–२० विश्वकप तयारी बैठकका दुई मुख्य एजेन्डा रहेको जानकारी दिए। “एनपीएलकै उपलब्धि र कमजोरीबारे समीक्षा गरेर आगामी संस्करणलाई अझ व्यवस्थित बनाउनेबारे निर्णय हुनेछ। त्यससँगै राष्ट्रिय टोलीको टी–२० विश्वकप छनोट र तयारीका विषयमा पनि विस्तृत छलफल हुनेछ,” उनले हिमाली सञ्चारसँग भने।

गत मंसिर–पुसमा सम्पन्न एनपीएलको पहिलो संस्करणका उपलब्धि, चुनौती र कमजोरीबारे बैठकमा विस्तृत समीक्षा हुनेछ। दोस्रो संस्करणका लागि अक्सनको मिति तोकिसकिएको छ भने यसपटक पहिलो सिजनको आर्थिक विवरण पनि सार्वजनिक गर्ने तयारी गरिएको छ। यसअघि आर्थिक हिसाबकिताब सार्वजनिक नगरेको भन्दै बोर्ड सदस्यहरूले ध्यानाकर्षण गराएका थिए। अध्यक्ष चतुरबहादुर चन्दले प्रक्रियागत त्रुटीहरूलाई सच्याउँदै आगामी दिनमा पारदर्शिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

यसैगरी बैठकमा नेपाली टोलीको आगामी अक्टोबरमा हुने टी–२० विश्वकप एसिया र इस्ट एसिया पेसिफिक छनोटका तयारीबारे पनि विशेष छलफल हुनेछ। नेपाली टोली अहिले भारतमा प्रशिक्षणमा व्यस्त छ भने केही खेलाडीहरू नेपालमै अभ्यास गरिरहेका छन्। टोलीले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने कार्यक्रम पनि तय भएको छ।

बैठकमा क्यानको वार्षिक क्यालेन्डरबारे पनि समीक्षा हुनेछ। हालसम्मको कार्यसम्पादन मूल्यांकन गर्दै आगामी वर्ष समेट्नुपर्ने नयाँ गतिविधिहरूको योजना तयार पारिने क्यानले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...