News Portal

हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

२५३ पटक

ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको अभियोगमा पक्राउ परेका भारतीय नागरिक सरोज आलमलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

बेतिया, भारतका १८ वर्षीय आलमलाई ललितपुर महानगरपालिका–११ ढटल मार्गमा रहेको शाक्यको घरमा ‘जेनजी आन्दोलन’का क्रममा डाँका चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो। अदालतको आदेशपछि उनलाई जेल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।

उनीसँगै पक्राउ परेका काभ्रेका फुर्साङ लामा, बाराका सहजाद मिया मंसुरी र रौतहटका मनिष सुनारलाई भने धरौटीमा रिहा गरिएको छ। लामा ६० हजार र मिया तथा सुनार जनही ३० हजार रुपैयाँ धरौटीमा छुटेका हुन्।

प्रहरीका अनुसार चोरीका क्रममा शाक्यको घरको तल्लो तलामा रहेको ‘रेष्टलस’ नामक एनजीओ कार्यालयबाट अमेरिकी डलर, सुनचाँदीका गहना र सिक्का, मोबाइल, पदक तथा अन्य सामग्री गरी करिब १६ लाख रुपैयाँ बराबरका सामान हराएका थिए।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...