News Portal

हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

१८९ पटक

ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको अभियोगमा पक्राउ परेका भारतीय नागरिक सरोज आलमलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

बेतिया, भारतका १८ वर्षीय आलमलाई ललितपुर महानगरपालिका–११ ढटल मार्गमा रहेको शाक्यको घरमा ‘जेनजी आन्दोलन’का क्रममा डाँका चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो। अदालतको आदेशपछि उनलाई जेल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।

उनीसँगै पक्राउ परेका काभ्रेका फुर्साङ लामा, बाराका सहजाद मिया मंसुरी र रौतहटका मनिष सुनारलाई भने धरौटीमा रिहा गरिएको छ। लामा ६० हजार र मिया तथा सुनार जनही ३० हजार रुपैयाँ धरौटीमा छुटेका हुन्।

प्रहरीका अनुसार चोरीका क्रममा शाक्यको घरको तल्लो तलामा रहेको ‘रेष्टलस’ नामक एनजीओ कार्यालयबाट अमेरिकी डलर, सुनचाँदीका गहना र सिक्का, मोबाइल, पदक तथा अन्य सामग्री गरी करिब १६ लाख रुपैयाँ बराबरका सामान हराएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...