News Portal

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमै सम्पन्न गर्ने प्रधानमन्त्री ओलीको निर्देशन

३५० पटक

काठमाडौं, साउन १२ – देशको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय खेलकुद प्रतियोगिता अब ढिलाइमा होइन, समयमै सम्पन्न गरिने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यही मंसिरभित्रै सम्पन्न गर्ने गरी तयारी अघि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री ओलीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई चुस्त र प्रभावकारी ढंगले काम गर्न आग्रह गर्दै प्रतियोगितालाई राष्ट्रिय गौरवको विषयका रूपमा लिनुपर्ने धारणा राखे।

सन् २०२६ मा जापानमा हुने एसियन गेम्सलाई लक्षित गर्दै उनले राष्ट्रिय स्तरको तयारी अझ सुदृढ, सुनियोजित र सम्मानजनक बनाइनुपर्ने बताए। प्रधानमन्त्री ओलीको भनाइमा, “राष्ट्रिय प्रतियोगिता भनेको केवल खेलकुदको उत्सव होइन, देशकै इज्जतसँग गाँसिएको स्वाभिमान हो। त्यसैले अब मिति र स्थान राम्ररी अध्ययन गरेर निर्धारण गर, निर्णयपछि फेरबदल नगर।”

ओलीले मन्त्रालय र परिषद्बीचको समन्वयमा पनि ध्यान दिनु आवश्यक रहेको भन्दै दुबै निकायलाई एउटै दिशामा अघि बढ्न आग्रह गरे।

छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टङ्कलाल घिसिङसमेत सहभागी थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...