News Portal

ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

१९६ पटक

काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कानुनको दायराभित्र रहन चेतावनी दिएका छन्।

एक अन्तर्वार्तामा उनले भने, “ओलीजी ‘सुपर सिटिजन’ होइनन्। कानुन सबैका लागि बराबर हुन्छ। यदि उहाँले जाँचबुझ आयोगको अधिकार र अस्तित्व अस्वीकार गर्नुभयो भने कानुनले नै उहाँलाई आफ्नो ठाउँमा ल्याउनेछ।”

हालै ओलीले आफूलाई उपत्यकामा प्रवेश निषेध गरिएको भन्दै सरकारमाथि आरोप लगाएका थिए। तर, गृहमन्त्री अर्यालले त्यसलाई गलत हल्ला भन्दै खारेज गरे। उनका अनुसार, सो निर्णय सरकारले होइन, स्वतन्त्र रूपमा काम गरिरहेको जाँचबुझ आयोगले गरेको हो।

“सरकारले कुनै प्रतिबन्ध लगाएको छैन। आयोगको निर्णयलाई राजनीतिक रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको छ,” अर्यालले स्पष्ट पारे।

उनले ओलीमाथि झुट्टा प्रचार र गैरजिम्मेवार अभिव्यक्तिबाट देशलाई संकटमा पुर्‍याएको आरोप पनि लगाए। गृहमन्त्रीका अनुसार, ओलीले सुरक्षा निकायको चेतावनी बेवास्ता गर्दा धनजनको क्षति भएको हो।

अर्यालले ओलीको सुरक्षा घटाइएको भन्ने हल्ला पनि असत्य भएको बताए। उनले भने, “गृहमन्त्रालयले कसैको सुरक्षा घटाएको वा बढाएको छैन। ओलीजीको सुरक्षा कानुनी हैसियतअनुसार नै गरिएको छ।”

उनले थपे, “ओलीजी पूर्वप्रधानमन्त्री हुन्, तर कानुनअन्तर्गत समान नागरिक हुन्। आफूलाई विशेष नागरिक ठान्ने सोच त्याग्न म उहाँलाई सुझाव दिन्छु।”

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...