News Portal

एन्फाको साधारणसभामा प्रवेश नपाएपछि पूर्वअध्यक्ष गणेश थापा आक्रोशित, गेटमै विरोध

हिमालीसंचार संवाददाता
३१० पटक

काठमाडौं, वैशाख २६ – अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा शुक्रबार धुलिखेलमा तनावपूर्ण बनेको छ। बी डिभिजन क्लब आरसी ३२ को प्रतिनिधिको हैसियतमा सहभागी हुन पुगेका पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश नदिएपछि गेटबाहिरै विवाद चर्किएको हो।

थापाले एन्फाको साधारणसभामा भाग लिन उच्च अदालत पाटनबाट आफ्नो पक्षमा फैसला ल्याएका थिए। तर, आयोजकले अदालतको पत्र नआएको जनाउँदै थापालाई गेटमै रोकेको थियो। यसले गर्दा उनी आफन्त र छोरा गौरव थापासहित गेटबाहिर आक्रोशित मुद्रामा देखिए।

“यो अदालतको निर्णयको अवहेलना हो,” गेटबाहिर थापाले चर्को स्वरमा भनेका थिए।

सन् २०१५ मा विश्व फुटबल नियामक संस्था फिफाले भ्रष्टाचार र घुससम्बन्धी आरोपमा थापालाई १० वर्षका लागि फुटबल गतिविधिबाट प्रतिबन्धित गरेको थियो। उक्त प्रतिबन्ध हालै वैशाखको पहिलो साता सकिएको हो।

प्रतिबन्ध अवधिभर थापा सामाजिक सञ्जालमार्फत एन्फा नेतृत्वमाथि प्रश्न उठाउँदै आएका थिए। एन्फाको वर्तमान नेतृत्वले थापामाथि अझै पनि एन्फामा अनावश्यक प्रभाव जमाउन खोजेको आरोप लगाउँदै आएको छ।

२०७१ सालमा सार्वजनिक लेखा समितिले पनि थापामाथि ५८ करोड रुपैयाँ अनियमितताको आरोप लगाउँदै अख्तियारमा उजुरी पठाएको थियो। तर, अख्तियारले पर्याप्त प्रमाण नपुगेको भन्दै मुद्दा तामेलीमा राखेको थियो।

यता, हालै थापाले फिफाको निर्देश उल्लङ्घन गर्दै गतिविधि थालेको भन्दै एन्फाले अख्तियार र अन्य निकायमा पुनः पत्राचार गर्ने निर्णयसमेत गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...