News Portal

एन्फाको साधारणसभामा प्रवेश नपाएपछि पूर्वअध्यक्ष गणेश थापा आक्रोशित, गेटमै विरोध

हिमालीसंचार संवाददाता
४७२ पटक

काठमाडौं, वैशाख २६ – अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा शुक्रबार धुलिखेलमा तनावपूर्ण बनेको छ। बी डिभिजन क्लब आरसी ३२ को प्रतिनिधिको हैसियतमा सहभागी हुन पुगेका पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश नदिएपछि गेटबाहिरै विवाद चर्किएको हो।

थापाले एन्फाको साधारणसभामा भाग लिन उच्च अदालत पाटनबाट आफ्नो पक्षमा फैसला ल्याएका थिए। तर, आयोजकले अदालतको पत्र नआएको जनाउँदै थापालाई गेटमै रोकेको थियो। यसले गर्दा उनी आफन्त र छोरा गौरव थापासहित गेटबाहिर आक्रोशित मुद्रामा देखिए।

“यो अदालतको निर्णयको अवहेलना हो,” गेटबाहिर थापाले चर्को स्वरमा भनेका थिए।

सन् २०१५ मा विश्व फुटबल नियामक संस्था फिफाले भ्रष्टाचार र घुससम्बन्धी आरोपमा थापालाई १० वर्षका लागि फुटबल गतिविधिबाट प्रतिबन्धित गरेको थियो। उक्त प्रतिबन्ध हालै वैशाखको पहिलो साता सकिएको हो।

प्रतिबन्ध अवधिभर थापा सामाजिक सञ्जालमार्फत एन्फा नेतृत्वमाथि प्रश्न उठाउँदै आएका थिए। एन्फाको वर्तमान नेतृत्वले थापामाथि अझै पनि एन्फामा अनावश्यक प्रभाव जमाउन खोजेको आरोप लगाउँदै आएको छ।

२०७१ सालमा सार्वजनिक लेखा समितिले पनि थापामाथि ५८ करोड रुपैयाँ अनियमितताको आरोप लगाउँदै अख्तियारमा उजुरी पठाएको थियो। तर, अख्तियारले पर्याप्त प्रमाण नपुगेको भन्दै मुद्दा तामेलीमा राखेको थियो।

यता, हालै थापाले फिफाको निर्देश उल्लङ्घन गर्दै गतिविधि थालेको भन्दै एन्फाले अख्तियार र अन्य निकायमा पुनः पत्राचार गर्ने निर्णयसमेत गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...