News Portal

महाकाली किनारमा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

१२३ पटक

कञ्चनपुर, कार्तिक ४ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि कार्यक्रममा सशस्त्र प्रहरीका टोलीले सलामी अर्पण गर्दै जोशीप्रति श्रद्धाञ्जलि दिएका थिए।

उनको शव सोमबार दिउँसो इजरायलबाट काठमाडौं ल्याइएपछि नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी हुँदै भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो। नेपालस्थित इजरायली दूतावासका अधिकारीहरूले स्वयं उपस्थित भई शव परिवारलाई हस्तान्तरण गरेका थिए।

परिवारका अनुसार, राति ढिलो घरमा शव आइपुगेपछि मंगलबार बिहानै शवयात्रा निकालेर महाकाली किनारमा अन्त्येष्टि गरिएको हो।

२२ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका थिए। सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए। दुई वर्षसम्म बेपत्ता रहेपछि हालै इजरायली सेनाले सन् २०२३ मै गोली प्रहारबाट उनको मृत्यु भएको पुष्टि गरेको थियो।

तिहारको माहोलमा विपिनको शव घर आइपुग्दा गाउँभर शोक छाएको छ। उनका भाइ किशोर जोशीका अनुसार, “बहिनी पुष्पाले यसपालि भाइटीकामा दाजुसँग भेट्ने आशा गरेकी थिइन्, तर लक्ष्मीपूजाको दिन दाजुको शव आँगनमा आइपुग्दा सबै रोए।”

जोशी परिवारले दाजुको निधनको पुष्टि भएपछि घरमा सजाइएका तिहारका फूल र बत्ती हटाएका छन्। गाउँलेहरू विपिनको सम्झनामा स्तब्ध बनेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...