News Portal

महाकाली किनारमा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

२५२ पटक

कञ्चनपुर, कार्तिक ४ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि कार्यक्रममा सशस्त्र प्रहरीका टोलीले सलामी अर्पण गर्दै जोशीप्रति श्रद्धाञ्जलि दिएका थिए।

उनको शव सोमबार दिउँसो इजरायलबाट काठमाडौं ल्याइएपछि नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी हुँदै भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो। नेपालस्थित इजरायली दूतावासका अधिकारीहरूले स्वयं उपस्थित भई शव परिवारलाई हस्तान्तरण गरेका थिए।

परिवारका अनुसार, राति ढिलो घरमा शव आइपुगेपछि मंगलबार बिहानै शवयात्रा निकालेर महाकाली किनारमा अन्त्येष्टि गरिएको हो।

२२ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका थिए। सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए। दुई वर्षसम्म बेपत्ता रहेपछि हालै इजरायली सेनाले सन् २०२३ मै गोली प्रहारबाट उनको मृत्यु भएको पुष्टि गरेको थियो।

तिहारको माहोलमा विपिनको शव घर आइपुग्दा गाउँभर शोक छाएको छ। उनका भाइ किशोर जोशीका अनुसार, “बहिनी पुष्पाले यसपालि भाइटीकामा दाजुसँग भेट्ने आशा गरेकी थिइन्, तर लक्ष्मीपूजाको दिन दाजुको शव आँगनमा आइपुग्दा सबै रोए।”

जोशी परिवारले दाजुको निधनको पुष्टि भएपछि घरमा सजाइएका तिहारका फूल र बत्ती हटाएका छन्। गाउँलेहरू विपिनको सम्झनामा स्तब्ध बनेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...