News Portal

रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

३८३ पटक

काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग इन्गेजमेन्ट गर्दै वैवाहिक यात्रा सुरु गर्ने तयारी पक्का गरेका छन्। करिब नौ वर्षदेखि एकअर्काको साथमा रहेका यी जोडीको प्रेमकथा अब विवाहको ढोकासम्म आइपुगेको छ।

३१ वर्षीया जर्जिनाले सामाजिक सञ्जालमार्फत ठुलो औंठीको तस्वीर सार्वजनिक गर्दै स्पानिस भाषामा विवाहप्रतिको उत्साह पोखिन्। रोनाल्डोले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

रोनाल्डो र जर्जिनाको पहिलो भेट मड्रिडस्थित गुच्ची पसलमा भएको थियो। त्यतिबेला जर्जिना त्यहाँ काम गर्थिन् भने रोनाल्डो रियल मड्रिडका तारा खेलाडी थिए। हाल साउदी क्लब अल–नासरका लागि खेलिरहेका रोनाल्डोका पाँच सन्तान छन्, जसमा दुई सन्तान जर्जिनासँगको सम्बन्धबाट जन्मिएका हुन्।

सन् २०२२ अप्रिलमा उनीहरूको कान्छी छोरी बेला जन्मिएकी थिइन्, तर त्यही समयमा जन्मिएको छोरा मृत जन्मिएका थिए। जर्जिनाले रोनाल्डोका बाँकी तीन सन्तानको पनि ममतापूर्वक हेरचाह गर्दै आएकी छन्।

 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...