News Portal

  • वर्षौंदेखिको खानेपानी हा’हाकार अन्त्य: महशुल मिनाह गर्न माग

    हिमाली संचार संवाददाता
    २८४ पटक

    पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालनमा आएको छ । तमोर पम्पिङ खानेपानी आयोजना मार्फत् वडा नं १, ३, ४ र ५ का वडाका ३ हजार बढी घरधुरीमा खानेपानीको सुविधा पुगेको हो । ती वडा सुक्खाग्रस्त क्षेत्र घोषणा समेत भएको थियो । सो आयोजनाको प्रशारण लाइन निर्माण सम्पन्न भएको र वितरणका लागि जडान जारी रहेको उपभोक्ता समितिले जनाएको छ ।

    खानेपानीका मुहान सुक्दै गएपछि साविकको यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२÷०७३ बाट सो आयोजना शुरुआत भएको थियो । यी गाविसलाई सरकारले विसं २०६८ मा सुक्खाग्र’स्त क्षेत्र घोषित गरेको थियो । रु ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भएको आयोजनाबाट १३ हजार २६६ स्थानीयवासी लाभान्वित हुने जनाइएको छ ।

    यस्तो छ प्रविधि

    कुम्मायक गाउँपालिका–५ स्यावरुम्बाको लुमुघाटबाट तमोर नदीको पानी १४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पु¥याइ खानेपानी वितरण शुरु गरिएको छ । यासोक बजारसम्म खानेपानी पु¥याउन विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरिएको छ । सो प्रविधि प्रयोग गरी लुमुघाटबाट विभिन्न सात स्थानमा रहेका पम्पिङ स्टेशन ९ट्याङ्की०को सहायताले डाँडासम्म पानी पु¥याइएको छ । “धेरै स्थानमा यो प्रविधिको प्रयोग नभएकाले कतै पानी उकालो चढाउन नसकिएलाकी भन्ने चिन्ता थियो”, खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहनुभएका पूर्वसामान्य प्रशासन राज्यमन्त्री डम्बरसिं सम्बाहाम्फेले भन्नुभयो, “पम्पिङ प्रविधि सफल हुनाले वर्षौंदेखिको खानेपानीको हाहारकार अन्त्य गर्न सकियो ।”

    प्रतिसेकेन्ड २०।३ लिटर पानी झार्ने आयोजनाको लक्ष्य छ । आयोजनाको प्रशारण लाइनतर्फ मुहानमा एउटा ट्याङ्की, पम्पिङ स्टेशन साट वटा, खोल्सा क्रसिङ र कार्यालय भवन एक÷एक वटा, पानी ट्याङ्की ११ वटा र गार्डघर १० वटा निर्माण गरिएका छन् । प्रसारण लाइनतर्फका संरचना गत वर्ष नै निर्माण सम्पन्न भइसकेका थिए । तमोर नदीबाट डाँडासम्म पानी ल्याउने प्रशारण लाइन १७।४ किलोमिटर रहेको छ । वितरण पाइपलाइन १९२।५१ किलोमिटर रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इञ्जिनीयर ज्ञानु रिजालले जानकारी दिनुभयो । वितरण लाइनतर्फ अग्नि नियन्त्रक १५ वटा, खोल्सा क्रसिङ ३४ वटा, भल्भ च्याम्बर ११५ वटा रहेका छन् ।

    धमाधम जडान हुँदै

    आयोजना निर्माण पूर्व यहाँका तीन हजार ४३ घरमा खानेपानी पु¥याउने लक्ष्य राखिएको थियो । सन् २०१५ लाई आधार वर्ष मानेर उक्त लक्ष्य राखिएकोमा अहिले उक्त घर सङ्ख्या तीन हजार ४०० पुग्नुपर्ने थियो । तर सुक्खा र खानेपानीको चरम अभावका कारण यहाँका झण्डै एक हजार परिवार यस स्थानबाट बसाई सरेको उपभोक्ता समितिको अनुमान छ । विगतमा स्थानीय निकायबाट पञ्जीकृत तथ्याङ्क स्थानीय तहबाट अद्यावधिक भइनसकेकाले अहिले झण्डै दुई हजार ५०० घरधुरीले खानेपानी उपभोग गर्ने अनुमान गरिएको उपभोक्ता समितिका अध्यक्ष सम्बाहाम्फेले जानकारी दिनुभयो । बिहीबारसम्म यहाँका दुई हजार ८० घरमा खानेपानी जडान भइसकेको छ ।

    यही फागुन महिनाभित्र सबै घर परिवारका खानेपानी पु¥याउने लक्ष्य राखिएको छ । “सबै घरसम्म पाइपलाइन विस्तार भइसकेको छ । सबै ट्याङ्कीमा पानी पु¥याइएको छ”, उपभोक्ता समितिका अध्यक्ष सम्बाहाम्फेले भन्नुभयो, “मिटर जडान गर्ने, प्रत्येक परिवारले न्यूनतम शुल्क उपलब्ध गराउने काम बाँकी रहँदा वितरणको कार्य पूरा नभएको हो ।”

    विद्युत् महशुलको चिन्ता

    आयोजना सञ्चालनका लागि वार्षिक करिब रु एक करोड २० लाख विद्युत् महशुल तिर्नुपर्ने प्रारम्भिक अनुमानले देखाएको छ । यहाँ सुक्खाका कारण स्थानीयको आयआर्जनको अवस्था कमजोर रहेको छ । “स्थानीयवासीबाट ठूलो महशुल उठाएर आयोजना चलाउन सकिने अवस्था छैन”, उपभोक्ता समितिका अध्यक्ष सम्बाहाम्फेले भन्नुभयो, “विद्युत् महशुल तिर्न सहयोगका लागि सरकारलाई भनिरहेका छौँ ।” सुक्खाका कारण यहाँका किसानले अन्न तथा नगदेबाली उत्पादन गर्न नसकेको वर्षौं भइसकेको छ । खानेपानीको अभावका कारण पशुपालनसमेत सङ्कटमा पर्दै गएको छ ।
    उपभोक्ता समितिले महशुल मिनाह गर्न सङ्घीय सरकारको खानेपानी तथा सरसफाइ, ऊर्जा तथा जलश्रोत र अर्थ मन्त्रालयलाई अनुरोध गरिरहेका छन् । “अनुदानमा आयोजना चलाउनु हुन्न भन्ने सरकारी तर्क छ”, ं उपभोक्ता समितिका अध्यक्ष सम्बाहाम्फेले भन्नुभयो, “सिड मनीको व्यवस्था गरेर भए पनि उपभोक्ताले एकदमै कम शुल्कमा खानेपानी उपभोग गर्ने अवस्था निर्माण गर्न लागिपरेका छौँ ।” समितिलाई आयोजनाको एक प्रतिशत रकम सङ्कलनमा समेत कठिनाइ परेको थियो ।

    सुक्खा र खानेपानीको हाहाकारका कारण यहाँबाट बढ्दो बसाइँसराइलाई रोक्न आयोजना गत वर्ष नै पूरा हुनुपर्ने थियो । तर उपभोक्ताबीचको वि’वादले निर्माणमा ढिलाइ भयो । शुरुमा यहाँको उपभोक्ता समिति सक्रिय नहुँदा मुहान यकिन हुन सकेन । सङ्घीय संरचना निर्माणपछि झण्डै सात महिना आयोजना कुन निकायबाट सञ्चालन हुने भन्ने यकिन हुँदा नसक्दा निर्माण कार्य स्थगन गर्नुपरेको निर्माण व्यवसायी लोकेन्द्र राजभण्डारी बताउनुभयो । पछिल्लोपटक आयोजनाको पाइपलाइन विस्तारमा समेत सडक निर्माणले ढिलाइ भएको थियो तर झण्डै दुई वर्ष पछि भए पनि आयोजना पूरा भएपछि स्थानीयमा खुशियाली छाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...