News Portal

बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

१७५ पटक

काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा सिंहदरबारमा ठूलो सभा आयोजना गर्ने योजना सार्वजनिक गरेका छन्। बस्नेतका अनुसार यदि नेताहरूलाई कुनै आयोग वा निकायले बयान दिन बोलाउँछ भने १ लाखभन्दा बढी कार्यकर्ता सिंहदरबार प्रवेश गर्न तयार छन्।

तर उनले स्पष्ट पारे कि एनभीएफ भदौ २४ गतेको जस्तो तोडफोड वा आगजनीमा संलग्न हुने छैन। “हामी फूलमाला लगाएर मन्त्रीहरूलाई स्वागत गर्नेछौँ,” बस्नेतले भने।

उनले वर्तमान सरकारका प्रधानमन्त्री, मन्त्री र अन्य नेताका छोराछोरी विदेशमा रहेकाले ‘नेपो बेबी’को नाममा छोराछोरीलाई आफ्नो पक्षमा ल्याउने आरोप असत्य भएको बताए।

बस्नेतले फोर्स पार्टीको नीति कार्यान्वयन, नेतृत्व संरक्षण र प्राकृतिक प्रकोपमा राहत तथा उद्धारका लागि परिचालित हुने जानकारी दिएका छन्। एनभीएफको घोषणा कार्यक्रम अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बबरमहलमा जारी छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...