News Portal

जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

१९७ पटक

काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन आयोगबाट आधिकारिकता पाएका छन्। भदौ २३ र २४ मा आन्दोलन चर्किएपछि ती दलहरू एकपछि अर्को दर्ता प्रक्रियामा पुगेका थिए।

आयोगका अनुसार दर्ता सम्पन्न राजनीतिक दलहरूको संख्या अहिले १२९ पुगेको छ, जबकि २८ दल अझै दर्ता प्रक्रियामा छन्।

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा बनेको श्रम संस्कृति पार्टीलाई आयोगले अँजुलीमा माटो रहेको चिह्नसहित दर्ता प्रमाणपत्र प्रदान गरेको छ।

दिनेश राज प्रसाईं नेतृत्वको गतिशिल लोकतान्त्रिक पार्टीले दिपज्योति चिह्न पाएको छ।

कवीर सोबको नागरिक उन्मुक्ति पार्टी नेपालले जाँतोलाई चुनाव प्रतीक बनाएको छ।

त्यस्तै राजेश पटेल नेतृत्वमा राष्ट्रिय परिवर्तन पार्टी दर्ता भएको छ, जसको चिह्न बाँसुरी हो।

रियाज अहमदको राष्ट्रिय जनमत पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, अकबर खानको राष्ट्र निर्माण दल, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, प्रशान्त सिंहको पिपुल फस्ट र अनुप कुमार उपाध्यायको उज्यालो नेपाल पार्टी पनि आयोगद्वारा मान्यता प्राप्त दलमा परेका छन्।

प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेसम्म ४० दल दर्ता भइसकेका छन्। आयोगले दर्ताको अन्तिम म्याद मंसिर १० तोकेको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि ८ दल दर्ता भएका छन् र दर्ताको समय सीमा मंसिर ७ सम्म राखिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...