News Portal

सुधन गुरुङको टोली सिमरा पुगेपछि जेन-जी र प्रशासनबीच निर्णायक वार्ता हुने

१६९ पटक

काठमाडौं, मंसिर ५ – बाराको सिमरामा तीन दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाबीच जेन-जी समूहको आन्दोलन नयाँ मोडतर्फ उन्मुख भएको छ। आन्दोलनलाई समर्थन गर्न सुधन गुरुङको टोली आज सिमरा आइपुग्ने भएको छ। जेन-जी संयोजक सम्राट उपाध्यायका अनुसार टोली दिउँसो करिब २ देखि ३ बजेभित्र सिमरा पुग्ने अनुमान छ।

 

उपाध्यायले जानकारी दिँदै भने, “सुधनको टोली बाटोमै छ। उनीहरू आएपछि हामी आन्तरिक छलफल गर्छौं र त्यसपछि प्रशासनसँग निर्णायक वार्ता बस्छ।” उनका अनुसार एमाले नेता अरविन्द शाह पक्राउ परेसँगै प्रमुख माग पूरा भएको छ, तर सूचीमा रहेका अन्य व्यक्तिहरू पक्राउ गर्न अझै बाँकी छ।

आन्दोलनकर्ताहरू अहिले सुधन गुरुङको आगमनको प्रतीक्षामा छन्। उनीहरू वार्ता भएर सहमति जुटे आन्दोलन स्थगित गर्ने पक्षमा देखिएका छन्।

बुधबार एमाले नेता-कार्यकर्ता र जेन-जी युवाबीच झडप भएपछि सिमरा क्षेत्र लगातार अशान्त बनेको छ। कर्फ्यू आदेश जारी रहे पनि जेन-जी समूहले सिमरा चोकमा टायर बालेर प्रदर्शनलाई निरन्तरता दिएको थियो। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र हवाई फायर समेत प्रयोग गर्नुपरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...