News Portal

ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

१९४ पटक

काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति र सुव्यवस्था मजबुत बनाउन तयार गरिएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित कमाण्ड घोषणा कार्यक्रममा उनले यो संरचना कसैविरुद्ध लक्षित नभएको बताए।

उनका अनुसार स्वंयसेवकहरू अनुशासनमा रहेर काम गर्नेछन् र फोर्सको मुख्य उद्देश्य नागरिकको ज्यानधनको सुरक्षा हो। उनले एमालेसँग वा फोर्ससँग असहमत रहनेहरू पनि यो समूहबाट आत्तिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारे।

ओलीले राज्य संयन्त्र एक्लैले शान्ति सुरक्षा कायम गर्न चुनौती भएको भन्दै फोर्सलाई पूरक भूमिका खेल्ने संरचना रहेको बताए। उनका अनुसार औद्योगिक प्रतिष्ठानदेखि राष्ट्रिय सम्पत्तिको सुरक्षासम्म फोर्सले सहयोग पुर्‍याउनेछ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...