News Portal

  • भेरी बबईको जटिल खण्डको सुरुङ पूरा

    ६१३ पटक

    लक्ष्मीप्रसाद उपाध्याय/सुर्खेत – आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखिएको भागसहित गरी भेरी बबई डाइभर्सनको बहुद्देश्यीय आयोजनाको ७ सय मिटर सुरुङ खनिएको छ। भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर २ सय मिटर सुरुङ खन्नुपर्ने हुन्छ।

    आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार आयोजनाको भौगर्भिक अध्ययनमा काम गर्न निकै जोखिम र चुनौती हुनसक्ने भनेर अनुमान गरिएको भागमा समेत सुरुङ खनेर पार भएको छ। गतवर्षको दसैँको फूलपातीको दिनबाट चीनबाट मगाइएको टनेल बोरिङ मेसिन(टीबीएम)ले काम सुरु गरिएको थियो । काम सुरु भएको ९ महिनामा ७ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको हो। आयोजना प्रमुख बस्नेत यो उपलब्धि अपेक्षाभन्दा राम्रो रहेको बताउनुभयो ।

    सुरुङको ५ किलोमिटरदेखि ७ किलोमिटरसम्मको क्षेत्रलाई धेरै चुनौती र जोखिम देखिएको क्षेत्र भनेर आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा देखाइएको छ । भौगर्भिक अध्ययनले देखाएको चुनौतीका क्षेत्र पार भएपछि अब खासै समस्या नआउला कि भन्ने अनुमान गरिएको छ । समस्या नदेखिएमा निर्धारित समयभित्रै सुरुङ पूरा हुने देखिएको प्रमुख बस्नेतले बताउनुभयो।

    राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा राम्रो र उत्कृष्ट काम भएका यो आयोजनालाई मानिएको ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माले बताउनुभयो। गतवर्षको बजेट ८० करोड रुपियाँ मात्र विनियोजन गरिएकोमा आयोजनाको कार्य प्रगति राम्रो भएकाले झण्डै चार अर्ब रुपियाँ खर्च भएको थियो ।

    परम्परागत प्रविधि र ब्लास्टिङ गरेर सुरुङ खनेको भए एक किलोमिटर सुरुङका लागि १ वर्षभन्दा बढी समय लाग्ने देखिन्छ । टनेल बोरिङ मेसिन(टीबीएम)ले खन्न सुरु गरेपछि ९ महिनामा ७ किलोमिटर प्रगति भइसकेको छ । औसतमा प्रतिमहिना ७ सय मिटरको दरले सुरुङ खन्ने काम भएको आयोजना प्रमुख बस्नेतले बताउनुभयो ।

    चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड सुरुङ खन्न काम गरिरहेको छ । टीबीएमले खन्न सुरु गरेपछि एकैदिनमा ४८ मिटरसम्म सुरुङ खन्न सफलता मिलेको छ । ठेकेदार कम्पनीले प्रतिदिन १ देखि २ करोड रुपियाँसम्मको भुक्तानी लिने गरी काम गरिरहेको आयोजनाले बताएको छ । हाल टीबीएमले दैनिक २५ देखि बढीमा ४२ मिटर सम्म सुरुङ खन्ने गरेको छ ।

    आयोजनाले सन् २०२०को अप्रिलसम्ममा सुरुङ खनिसक्ने कार्ययोजना बनाएको छ । आयोजनालाई सिँचाइ र जलविद्युत्सहितको बहुद्देश्यीय बनाइएको छ । आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतियोग्य जमिनमा सिँचाइ पुग्ने छ भने ४८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सुर्खेतको हात्तीखालदेखि चिप्लेसम्मको ४.२ व्यासको १२ किलोमिटर सुरुङ खनिने छ ।

    सुरुङ निर्माण गर्नका लागि मात्र १० अर्ब ५६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाको निर्माणपछि बिजुलीबाट वार्षिक रूपमा २ अर्ब रुपियाँ र सिँचाइको तर्फ वार्षिक अढाई अर्ब रुपियाँ फाइदा हुने सरकारी अनुमान रहेको छ ।(रासस)

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal