News Portal

भेरी बबईको जटिल खण्डको सुरुङ पूरा

८१५ पटक

लक्ष्मीप्रसाद उपाध्याय/सुर्खेत – आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखिएको भागसहित गरी भेरी बबई डाइभर्सनको बहुद्देश्यीय आयोजनाको ७ सय मिटर सुरुङ खनिएको छ। भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर २ सय मिटर सुरुङ खन्नुपर्ने हुन्छ।

आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार आयोजनाको भौगर्भिक अध्ययनमा काम गर्न निकै जोखिम र चुनौती हुनसक्ने भनेर अनुमान गरिएको भागमा समेत सुरुङ खनेर पार भएको छ। गतवर्षको दसैँको फूलपातीको दिनबाट चीनबाट मगाइएको टनेल बोरिङ मेसिन(टीबीएम)ले काम सुरु गरिएको थियो । काम सुरु भएको ९ महिनामा ७ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको हो। आयोजना प्रमुख बस्नेत यो उपलब्धि अपेक्षाभन्दा राम्रो रहेको बताउनुभयो ।

सुरुङको ५ किलोमिटरदेखि ७ किलोमिटरसम्मको क्षेत्रलाई धेरै चुनौती र जोखिम देखिएको क्षेत्र भनेर आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा देखाइएको छ । भौगर्भिक अध्ययनले देखाएको चुनौतीका क्षेत्र पार भएपछि अब खासै समस्या नआउला कि भन्ने अनुमान गरिएको छ । समस्या नदेखिएमा निर्धारित समयभित्रै सुरुङ पूरा हुने देखिएको प्रमुख बस्नेतले बताउनुभयो।

राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा राम्रो र उत्कृष्ट काम भएका यो आयोजनालाई मानिएको ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माले बताउनुभयो। गतवर्षको बजेट ८० करोड रुपियाँ मात्र विनियोजन गरिएकोमा आयोजनाको कार्य प्रगति राम्रो भएकाले झण्डै चार अर्ब रुपियाँ खर्च भएको थियो ।

परम्परागत प्रविधि र ब्लास्टिङ गरेर सुरुङ खनेको भए एक किलोमिटर सुरुङका लागि १ वर्षभन्दा बढी समय लाग्ने देखिन्छ । टनेल बोरिङ मेसिन(टीबीएम)ले खन्न सुरु गरेपछि ९ महिनामा ७ किलोमिटर प्रगति भइसकेको छ । औसतमा प्रतिमहिना ७ सय मिटरको दरले सुरुङ खन्ने काम भएको आयोजना प्रमुख बस्नेतले बताउनुभयो ।

चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड सुरुङ खन्न काम गरिरहेको छ । टीबीएमले खन्न सुरु गरेपछि एकैदिनमा ४८ मिटरसम्म सुरुङ खन्न सफलता मिलेको छ । ठेकेदार कम्पनीले प्रतिदिन १ देखि २ करोड रुपियाँसम्मको भुक्तानी लिने गरी काम गरिरहेको आयोजनाले बताएको छ । हाल टीबीएमले दैनिक २५ देखि बढीमा ४२ मिटर सम्म सुरुङ खन्ने गरेको छ ।

आयोजनाले सन् २०२०को अप्रिलसम्ममा सुरुङ खनिसक्ने कार्ययोजना बनाएको छ । आयोजनालाई सिँचाइ र जलविद्युत्सहितको बहुद्देश्यीय बनाइएको छ । आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतियोग्य जमिनमा सिँचाइ पुग्ने छ भने ४८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सुर्खेतको हात्तीखालदेखि चिप्लेसम्मको ४.२ व्यासको १२ किलोमिटर सुरुङ खनिने छ ।

सुरुङ निर्माण गर्नका लागि मात्र १० अर्ब ५६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाको निर्माणपछि बिजुलीबाट वार्षिक रूपमा २ अर्ब रुपियाँ र सिँचाइको तर्फ वार्षिक अढाई अर्ब रुपियाँ फाइदा हुने सरकारी अनुमान रहेको छ ।(रासस)

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...