News Portal

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

८ पटक

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग जोडिए कसरी?” शीर्षकमा प्रकाशित समाचारप्रति खण्डन गरिएकाे छ।

उक्त समाचारमा नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष तथा ललितपुर जिल्ला गोदावरी–४, बडिखेल निवासी पुरुषोत्तम आचार्य र नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य प्रदीप प्रसाद चौलागाईंलाई बिना कुनै प्रमाण, पूर्वाग्रही मानसिकता र हल्ला फैलाउने उद्देश्यले मानव तस्करी जस्तो गम्भीर विषयसँग जोडेर समाचार प्रकाशन गरिएको प्रति हामी गम्भीर आपत्ति तथा खेद प्रकट गरेपछि समाचार समाचार सम्प्रेषण गरिएको छ।

समाचारमा उल्लेख भएजस्तो हामी वा हाम्रो संस्था स्पेन भिसा प्रकरणमा कुनै पनि प्रकारले संलग्न छैनौं। साथै, हाम्रो संस्थाको नाम, लेटरप्याड तथा सम्बन्धित व्यक्तिको फोन नम्बरसमेत किर्ते गरी दुरुपयोग गरिएको विषयमा जिल्ला प्रशासन कार्यालय, ललितपुरमा आवश्यक छानबिनका लागि उजुरीसमेत दर्ता भइसकेको अवस्था छ।

यसरी अनुसन्धानकै क्रममा रहेको विषयलाई कपोलकल्पित ढंगबाट प्रस्तुत गर्दै व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रायोजित समाचार प्रकाशन गर्नु पत्रकारिताको मर्यादा विपरीत कार्य हो। खण्डन समाचारको प्रतिलिपि तल दिएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...