News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • घोराहीमा लागुऔषधसहित दुई जना पक्राउ, अनुसन्धान जारी

    हिमालीसंचार संवाददाता
    ६४ पटक

    दाङ, वैशाख ३० – दाङको घोराहीमा लागुऔषधसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागुऔषध दुव्र्यसनी नियन्त्रण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङले दुई फरक स्थानबाट ब्राउन सुगर र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरेको हो।

    घोराही उपमहानगरपालिका–१४ मिलन चोकस्थित सडकमा शंकास्पद रूपमा हिँडिरहेका २३ वर्षीय विशाल बुढालाई प्रहरीले रोकेर चेकजाँच गर्दा उनको पाइन्टको गोजीमा लुकाइराखिएको ६७० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

    त्यसैगरी, घोराही–१३ आनन्दपुर टोलकी ५७ वर्षीया नितु आचार्यलाई प्रहरीले ट्रामाडोलसहित पक्राउ गरेको हो। ट्रामाडोलको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा मार्दा, भान्सा कोठामा लुकाइएको अवस्थामा २० क्याप्सुल ट्रामाडोल बरामद भएको थियो।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार, दुवै घटनामा संलग्न व्यक्तिमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। अदालतबाट म्याद थप गरी अनुसन्धानलाई थप सशक्त बनाइएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    संसदमा नाती पुस्ता र हजुरबुवा पुस्ताको लडाई

    संसदिय ब्यबस्थामा जनताको आस्थाको केन्द्र भनेको संसद हो। जहाँ देशको कानून बनाईन्छ। बिडम्बना त्यहि थलो...

    दाङको बंगलाचुलीमा पारिवारिक झगडाले लिए ज्यान, श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ

    दाङ, वैशाख ३० – दाङको बंगलाचुली गाउँपालिकामा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ घरेलु...

    पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम...

    तीन बालक कोशी बाल सुधार गृहबाट फरार, प्रहरी परिचालन गरी खोजी तीव्र

    विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक...

    सांसद गीता गुरुङ बेलायतमै स्थायीतर्फ, उतैबाट राजीनामा

    दाङ, वैशाख ३० – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमै स्थायीतर्फ लाग्ने निर्णयसहित...