News Portal

  • पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    हिमालीसंचार संवाददाता
    ९८ पटक

    बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम दुरुपयोग गरेको पत्तो लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियारको अनुसन्धान अनुसार, कार्यालयका नायब सुब्बा तथा हालका कार्यालय प्रमुख बलीराम प्रसाद कुर्मीले अन्य चार कर्मचारीहरूसँग मिलेमतो गरी हुलाक बचत बैंकमा सर्वसाधारणले जम्मा गरेको बचत रकम कुनै विधिसम्मत लेखाजोखा नगरी व्यक्तिगत लाभका लागि प्रयोग गरेका थिए।

    कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए। आयोगका अनुसार, उनले लामो समयसम्म बचतकर्ताको रकम नगदी रजिस्टरमा दर्ता नगरी केवल लेजर बुक र पासबुकमा विवरण राख्दै आएको पाइएको छ। यसरी रकमको पारदर्शी लेखाजोखा नगरिएको र बैंकको कोषबाट मनपरी रूपमा रकम चलानी गरिएको खुलेको छ।

    अन्य चार जना कर्मचारी—जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहले पनि आफूखुसी रूपमा रकम संकलन, अभिलेखन र व्यवस्थापनमा लापरवाही गर्दै अपचलनमा संलग्न भएको आरोपपत्रमा उल्लेख छ।

    आयोगले पाँचै जनाले मिलेर बचतकर्ताबाट संकलित रकमको साँवा र ब्याजसहित रु ५ करोड ३५ लाख ६६ हजार २ सय ७९ रुपैयाँ ३३ पैसा दुरुपयोग गरेको प्रमाणसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो बराबर कैद र जरिवाना माग गर्दै दायर गरिएको सो मुद्दामा आयोगले सम्बन्धित सबै व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ।

    बारा हुलाक कार्यालयमा भएको यो अपचलन प्रकरणले सरकारी निकायभित्रको कमजोर आर्थिक अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। मुद्दा हाल विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...