News Portal

रौतहटको सुधार केन्द्रमा युवकमाथि अमानवीय कुटपिट, भिडियो सार्वजनिक भएपछि प्रहरी सक्रिय

संगीता गुरुङ
३०४ पटक

रौतहट, वैशाख २२ — रौतहट जिल्लाको गौर नगरपालिका–४ मा रहेको एक सुधार केन्द्रमा एक युवकमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि सुरक्षा निकाय सक्रिय भएका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओमा देखिएअनुसार, तीन जना व्यक्तिले एक युवकलाई भुइँमा लडाएर उसका खुट्टामा पाइपले प्रहार गरिरहेका छन्। यो दर्दनाक दृश्य देखाउने भिडिओ कहिले खिचिएको हो भन्ने खुलेको छैन, तर सार्वजनिक भएलगत्तै त्यसले व्यापक आलोचना र चासो उत्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरीका अनुसार भिडियो सार्वजनिक भएपछि प्रहरीको डिएसपी नेतृत्वको टोली तत्काल घटनास्थलतर्फ पठाइएको हो। उनले भने, ‘घटनाबारे यथार्थ बुझ्न प्रहरी टोली खटाइएको छ।’

त्यस्तै, जिल्ला प्रशासन कार्यालय रौतहटबाट पनि सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) को नेतृत्वमा छुट्टै टोली घटनास्थल पुगिसकेको छ।

हाल घटनास्थलमा के भएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

भिडियो हेर्नुहोस :

https://www.facebook.com/share/r/15qLwnHfcF/

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...