News Portal

घोराहीमा लागुऔषधसहित दुई जना पक्राउ, अनुसन्धान जारी

हिमालीसंचार संवाददाता
२७८ पटक

दाङ, वैशाख ३० – दाङको घोराहीमा लागुऔषधसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागुऔषध दुव्र्यसनी नियन्त्रण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङले दुई फरक स्थानबाट ब्राउन सुगर र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरेको हो।

घोराही उपमहानगरपालिका–१४ मिलन चोकस्थित सडकमा शंकास्पद रूपमा हिँडिरहेका २३ वर्षीय विशाल बुढालाई प्रहरीले रोकेर चेकजाँच गर्दा उनको पाइन्टको गोजीमा लुकाइराखिएको ६७० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, घोराही–१३ आनन्दपुर टोलकी ५७ वर्षीया नितु आचार्यलाई प्रहरीले ट्रामाडोलसहित पक्राउ गरेको हो। ट्रामाडोलको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा मार्दा, भान्सा कोठामा लुकाइएको अवस्थामा २० क्याप्सुल ट्रामाडोल बरामद भएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार, दुवै घटनामा संलग्न व्यक्तिमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। अदालतबाट म्याद थप गरी अनुसन्धानलाई थप सशक्त बनाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...