News Portal

  • संसदमा नाती पुस्ता र हजुरबुवा पुस्ताको लडाई

    कमला थापा
    ३७८ पटक
    २०८२ वैशाख ३० गते

    संसदिय ब्यबस्थामा जनताको आस्थाको केन्द्र भनेको संसद हो। जहाँ देशको कानून बनाईन्छ। बिडम्बना त्यहि थलो आज मर्यादाहिन अबस्थामा चलेको छ। नाती पुस्ता र हजुरबुवा पुस्ताको लडाई गाईजात्रा महोत्सव जस्तो देखिन्छ। यूवा पुस्ताहरु भन्छन्, हामी नजन्मिदै प्रधानमन्त्री भएका हजुर बुवाहरु आज २१औं शताब्दीमा पनि उनै प्रधानमन्त्री, मन्त्री र अझै सातौं पटक प्रधानमन्त्री हुने पर्खाईमा छन्। ठुला पार्टिको गठबन्धनमा बनेको सरकार यति निकम्मा अबस्थामा पुगिसक्दा पनि पद ओगटेर बसेका छन्। आफैलाई सांसद भन्न लाज लागि सक्यो तर हजुरबुवाहरुलाई सरम लागेको छैन।

    “कुन राम्रो ? कुन नराम्रो जनताले छुट्याएर नहूदो रहेछ। गाईजात्रा बर्षमा एकपटक आउथ्यो तर ६२/६३ का दिनपछि त देशमा बाह्रै महिना राजनितिक जात्रा देखिन थाल्यो।”

    यो भनाई नयाँ दलका नवयूवा सांसदहरुको हो। उनिहरुको भनाइ छ। आफुले आफैलाई हामी पुराना, ऐतिहासिक ठुला पार्टि हौं भन्ने तर देश र जनताको लागि माखों नमार्ने, सरकार महत्त्व पूर्ण बिधेयकहरु रोकेर राख्ने तर आफुलाइ चाहिने भूमि बिधेयक भनें चोर बाटोबाट ल्याउने उही पुराना, ठुला पार्टिहरुको मिलेमतोमा। त्येसैले उनिहरु भन्छन्, पार्टि ठुलो होईन तर राम्रो, अनुशासित पार्टि चाहिदो रहेछ। बिडम्बना त्यहि भन्ने सांसदहरु कै पार्टि पनि सहकारी, लघुबित्त र कोपरेटिभको अरबौं रकम ठगि आरोपमा सभापति नै जेलमा छन्। कुन राम्रो ? कुन नराम्रो जनताले छुट्याएर नहूदो रहेछ। गाईजात्रा बर्षमा एकपटक आउथ्यो तर ६२/६३ का दिनपछि त देशमा बाह्रै महिना राजनितिक जात्रा देखिन थाल्यो।

    “हाम्रो प्रधानमन्त्री केपि शर्मा ओलिजी हिजो मात्रै भन्दै हुनुहुन्थ्यो। भारत, पाकिस्तानको यूद्ध रोक्नको लागि मैले पहल गरेको थिएँ। यूद्ध रोकियो, त्यो मेरो देन हो। सारै राम्रो कुरा, आफ्नो देशको लागि माखो मार्न नसके पनि बिदेशी यूद्ध रोक्न सक्ने उहांको क्षमता, बौद्धिकताको प्रशंसा गर्नैपर्छ। यो हामी नेपालीको गौरव हो। किनभने हाम्रो प्रधानमन्त्री ठुलादेखी साना र राजादेखी रंगसम्म सबैलाइ राम्रो अर्ति, बुद्धि दिन माहिर हुनुहुन्छ। तर सरकारमा बसेर अनैतिक, हिनामिना, भ्रष्टाचार, कालोबजारी, बिचौलिया, माफिया, तस्कर, भू-माफिया देख्नुहुन्न !”

    आज भैरहवा अन्तरराष्ट्रिय बिमानस्थलमा भैंसी जात्रा देखियो, बिमानस्थल निरिक्षण गर्न गयका मन्त्री, पत्रकारहरुको भागाभाग त्यस्मा पनि ऋषि धमलाजीको चिच्याहटले स्थितिलाई निकै रोचक बनाएको देखिन्थ्यो। भागाभागको अबस्था देखियो। यस्तो छ सुशासनको अबस्था ! घोटाला गरेर बनाएको एरपोर्ट भारतको अवरोधका कारण चल्न सकेको पनि छैन तर भैंसी चरनलाई भने उपयूक्त भएको निरिक्षण टोलिको रिपोर्ट आउन सक्छ।

    “यति धेरै अर्ति बुद्धिको भण्डार सायदै अरुमा होला ? अरुलाई गालि गर्न, बौद्धिकता छाट्न सायदै अरुले जानुन्। त्यसैले नेपाली कांग्रेसका सभापति देउवादाई पनि सिक्दै हुनुहुन्छ। अहिले त राम्रैसंग सिकिसक्नु भएको जस्तो छ। सुनिदै छ, तिन ठुला भनिने नेताहरु गालि गलौज गर्नमा विद्यावारिधि नै गर्न लागेका छन्।”

    हाम्रो प्रधानमन्त्री केपि शर्मा ओलिजी हिजो मात्रै भन्दै हुनुहुन्थ्यो। भारत, पाकिस्तानको यूद्ध रोक्नको लागि मैले पहल गरेको थिएँ। यूद्ध रोकियो, त्यो मेरो देन हो। सारै राम्रो कुरा, आफ्नो देशको लागि माखो मार्न नसके पनि बिदेशी यूद्ध रोक्न सक्ने उहांको क्षमता, बौद्धिकताको प्रशंसा गर्नैपर्छ। यो हामी नेपालीको गौरव हो। किनभने हाम्रो प्रधानमन्त्री ठुलादेखी साना र राजादेखी रंगसम्म सबैलाइ राम्रो अर्ति, बुद्धि दिन माहिर हुनुहुन्छ। तर सरकारमा बसेर अनैतिक, हिनामिना, भ्रष्टाचार, कालोबजारी, बिचौलिया, माफिया, तस्कर, भू-माफिया देख्नुहुन्न ! किनकी उनिहरुलाई उहाँ दिनमा भेट्नु हुन्न रातमा अरुले देखेको हुदैन, रातमा प्रधानमन्त्री, मन्त्री र नेताहरुले भेटेको कुरा जनताले देख्दैनन् जनता बेडरुममा पुग्ने कुरा भएन ! यो हामी भनिरहेका छैनौं संसद भित्र भएका यूवा सांसदहरुको भनाई‌ ‌हो। उहाँको चातुर्यतालाई मान्नैपर्छ। राजादेखी रंगसम्म र यूवराज हृदयेन्द्रसम्मलाई भविष्यको सपना नदेख्न सुझाव दिनुभएको छ। “फिल्म खेल्न गए भविष्य उज्वल होला, राजा हुने सपना देखे भविष्य अधुरो होला” त्यसैले राजा हुने सपना नदेख्न सुझाव दिनुभयो। यति धेरै अर्ति बुद्धिको भण्डार सायदै अरुमा होला ? अरुलाई गालि गर्न, बौद्धिकता छाट्न सायदै अरुले जानुन्। त्यसैले नेपाली कांग्रेसका सभापति देउवादाई पनि सिक्दै हुनुहुन्छ। अहिले त राम्रैसंग सिकिसक्नु भएको जस्तो छ। सुनिदै छ, तिन ठुला भनिने नेताहरु गालि गलौज गर्नमा विद्यावारिधि नै गर्न लागेका छन्। जय होस्, श्री पशुपतिनाथले नेपाली सबैको रक्षा गरुन।

    जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...