News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • राजनैतिक दलहरु आत्मघाति खेलमा

    कमला थापा
    २४३ पटक
    २०८२ वैशाख १९ गते

    राजनैतिक दलहरु बिनासको मार्गमा अग्रसर हुदै जादा देश अझै रित्याउने बिदेशी हस्तक्षेप निम्त्याएर आफुहरु शक्तिमा रहिरहने र शक्ति आर्जन गर्दै जनतामाथि दमन गर्ने, राष्ट्रिय शक्तिलाई निस्तेज गर्ने रणनितिमा दलहरु एकजुट भयको देखिन्छ। यो आत्मघाति खेलमा प्रमुख दुई कम्निष्ट पार्टि एमाले, माओवादी र केही मधेसवादी पार्टीहरू समेत सहमतिमै देखिन्छन्। नेपाली कांग्रेस उनिहरुकै मतियार भएर बसेको छ। नेपाली कांग्रेसले यो सरकारलाई जति कांधमा बोक्छ त्यति नै छिटो ओरालो लाग्ने निश्चित छ। राष्ट्रिय शक्तिलाई क्षिणगर्दै अगाडी बढेका पार्टिहरु आत्मघाती कदम उठाउदै छन्। जस्का कारण देश दुर्घटनामा पर्ने सम्भावना बढदै गएको देखिन्छ।

    “भर्खरै मात्र आफुलाई निकै बिद्धान सम्झने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिल्लीको गल्लि चहार्दै केही आफ्ना गुरुहरुलाई भेटेर फर्किए। भट्टराईलाई सबै दलहरुको सहमतिमा दुतको रुपमा दिल्ली पठाईएको हो। फर्किए लगत्तै बिमानस्थलमा केही पत्रकारहरुलाई उनले बताए, राजसंस्था फर्काउनका लागि भारतले राजालाई सहयोग गर्दैन ! तर कांग्रेस र एमालेको गठबन्धन सरकारसंग भारत सन्तुष्ट छैन। असमज्जमा परेको भरतले यो सरकार आफुलाई (कम्फर्टटेवल) नभएको गुनासो आफुसंग गरेको भन्न भ्याए। आफ्नो देशको आन्तरिक मामिलामा बिदेशीको राय लिन जाने राष्ट्रघाती गद्दार नेताहरुले देशको अस्मिता यसरी बेचिरहेका छन्।”

    राजा ज्ञानेन्द्र शाह पोखराबाट फर्कदा राजाको स्वागतार्थ उर्लिएको जनसागर देखेर अताल्लिएका दलहरु बिदेशी गुहार्दै छिमेकी देश भारतको गल्ली, गल्ली चाहर्दै छन्। परराष्ट्रमन्त्री श्रीमती आरजु राणा देउवाको भ्रमण लगत्तै धेरै भारेभुरे नेताहरुको आवतजावत भयो। भर्खरै मात्र आफुलाई निकै बिद्धान सम्झने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिल्लीको गल्लि चहार्दै केही आफ्ना गुरुहरुलाई भेटेर फर्किए। भट्टराईलाई सबै दलहरुको सहमतिमा दुतको रुपमा दिल्ली पठाईएको हो। फर्किए लगत्तै बिमानस्थलमा केही पत्रकारहरुलाई उनले बताए, राजसंस्था फर्काउनका लागि भारतले राजालाई सहयोग गर्दैन ! तर कांग्रेस र एमालेको गठबन्धन सरकारसंग भारत सन्तुष्ट छैन। असमज्जमा परेको भरतले यो सरकार आफुलाई (कम्फर्टटेवल) नभएको गुनासो आफुसंग गरेको भन्न भ्याए। आफ्नो देशको आन्तरिक मामिलामा बिदेशीको राय लिन जाने राष्ट्रघाती गद्दार नेताहरुले देशको अस्मिता यसरी बेचिरहेका छन्। हामी नेपालीहरु मुकदर्शक भएर यिनका दासत्व स्वीकारेर बसिरहेका छौं, कतिन्जेल बस्ने ?

    “राष्ट्रको एकताको प्रतीक राजसंस्थालाई दुस्मन सम्झिने बिदेशीसंग लम्पसार परेर देशै सिध्याउने ? केही त सरम गर्नुपर्ने हो ! प्रधानमन्त्री केपि ओलिलाई भारतका प्रधानमन्त्रीले निम्ता दिएनन्। बिदेशका एउटा खरदार आउदा भने यहांका प्रधानमन्त्रीदेखी सबै दलका नेताको सैयन कक्षमै भेट दिईन्छ। लम्पसारबादिहरुको ईज्जत त लिलाम भयो। कमसेकम जुन देशको मानो खाएका छौ त्यो देश र जनताको त मर्यादा राख ! यो देश तिमिहरुको बाजेको बिर्ता होईन यदि हो भने उनै शाह वंशको हो। त्यसैले त राजा ज्ञानेन्द्र शाहले “पृथ्वी पथ”को कुरा गरेका छन्।”

    गद्दार राष्ट्रघाती नेताहरु घरको भेद बाहिर खोल्दै शक्ति आर्जन गर्ने प्रयासमा जुटिरहेका छन्। यो भन्दा राष्ट घात अरु के हुन सक्छ ? राजसंस्था फर्कियो भने आफुहरु जेल जानुपर्छ, देश लुटेको सम्पति फिर्ता गर्नुपर्छ भन्ने डरले त्रसित भएका नेताहरुले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई देल्ली पठाएका थिए। यदि नेताहरुको खप्परमा अलिकति पनि गिदि छ भने आफ्नै राष्ट्रिय शक्तिहरुसंग कुरा गरे हुन्छ नी बिदेशको गल्लि किन चाहर्नुपर्यो ? राजालाई सोध, सेना, प्रहरी, राष्ट्रिय शक्तिहरुसंग सम्बाद गर, आफ्नो देशको परिस्थिति पराईले मिलाईदिनुपर्ने भए के को नेता ? केवल देश लुट्न र जनतामाथि निरंकुश शासन चलाउन ? राष्ट्रको एकताको प्रतीक राजसंस्थालाई दुस्मन सम्झिने बिदेशीसंग लम्पसार परेर देशै सिध्याउने ? केही त सरम गर्नुपर्ने हो ! प्रधानमन्त्री केपि ओलिलाई भारतका प्रधानमन्त्रीले निम्ता दिएनन्। बिदेशका एउटा खरदार आउदा भने यहांका प्रधानमन्त्रीदेखी सबै दलका नेताको सैयन कक्षमै भेट दिईन्छ। लम्पसारबादिहरुको ईज्जत त लिलाम भयो। कमसेकम जुन देशको मानो खाएका छौ त्यो देश र जनताको त मर्यादा राख ! यो देश तिमिहरुको बाजेको बिर्ता होईन यदि हो भने उनै शाह वंशको हो। त्यसैले त राजा ज्ञानेन्द्र शाहले “पृथ्वी पथ”को कुरा गरेका छन्।

    देश जोगाउन, देशमा समृद्धि ल्याउन आफ्नै राष्ट्रिय शक्तिहरुको एकता आबस्यकता हुन्छ। यो कुरा नेपालका कम्निष्टहरुले बुझ्दैनन्। कमसेकम महामानव वीपी कोइरालाले निर्माण गरेको नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टिले त बुझ्नु पर्यो। नेपाली कांग्रेसले विपी पथलाई नअगाल्ने हो भने भोलिका दिनमा कांग्रेस धरापमा पर्ने नाश्चित छ। कांग्रेसले कम्निस्टहरुलाई काधमा बोकेर कतिन्जेल हिडने समाप्त नहुन्जेल ? यदि अझै नबुझे झैं गर्दै जाने हो भने अब जनताले नै राम्रो संग बुझाउने छन्। त्यो दिन थालमा पस्किएको भात खान पनि नभ्याउने अबस्था निकट छ। कांग्रेसका ७० प्रतिशत नेता कार्यकर्ताले बुझेका कुरा नेतृत्वले किन बुझ्दैन यो बिडम्बना हो। लोकतन्त्रका ठेकेदारहरु भ्रष्टहरुले जनताको गाँसबाँस, कपास सबै लुटे। जनता श्रृनै श्रृणमा डुबे, यूवालाई देशमा गरिखान नदिएर बिदेशिनुपर्ने बाध्य बनाए, देशलाई बिदेशीको खेल मैदान बनाए। तस्कर र बिचौलियाको जगजगी छ। सरकार उनैले बनाउछन्। सरकारमा उनै छन् अनी कसरी जनताले न्याय पाउँछन्।

    “हिजो मात्र पनि चौथाइवाले आएका थिए। सबै दलका शीर्ष नेतादेखि पार्टिका पदाधिकारीसम्म भेटेर आज फर्कदै छन्। के सन्देश दिएर गय ? अझै लुट्दै गर तिमिहरुलाई जोगाउने हामि छौ, धन्दा नमान भने त होलान् हैन ? त्यसैले यो देश जोगाउने जिम्मेवारी मात्र नेपाली जनताको कांधमा छ। मौसुफ सरकारको स्वागतमा उर्लिएको जनसागर फेरि एक पटक सडकमा आउनैपर्छ। जनतालाई सहजिकरण गर्नको लागि राष्ट्रिय अभियन्ताहरु छिटो निर्णयमा पुगुन्। कोठे बैठक धेरै भयो। पार्टि, बिभिन्न संघसंस्था, पिडित जनता सबै शान्तिपूर्ण आन्दोलनमा उत्रिनुको बिकल्प छैन।”

    चैत्र १५ गते शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनता माथि निरंकुश सरकारले गोलि, अश्रुग्यास, आगजनी गर्दै दुई यूवाहरुको ज्यानसम्म लियो। सयौं घाईतेहरु अझै अस्पतालको शैयामा छन्। राष्टि्य अभियन्ता दुर्गा प्रसाई, राप्रपाका नेता रविन्द्र मिश्रलाई झुट्टा आरोपमा थुनामा राखिएको छ। उनिहरुलाई अबिलम्ब रिहा गरियोस्। १५ गते दुर्गा प्रसाईलाई मार्नेसम्मको योजना त्यो दिनको घटना क्रमले देखाउछ। तिन पार्टि र गठबन्धन सरकारको देखिन्छ। राष्ट्रिय मानव अधिकार आयोगको रिपोर्ट अहिलेसम्म सार्वजानिक गरिएको छैन। त्यस्ले शंका धेरै उब्जिएको छ। भाटभटेनी सुपरमार्केट लुटपाटमा चारवोटा रक्सीको बोतल बोक्ने नेताकै छोरा भन्छन् किन छोडियो ? लोक तन्त्रको नाउमा यो लुटतन्त्र, लुटेराहरुको साम्राज्य अति भयो। हिजो मात्र पनि चौथाइवाले आएका थिए। सबै दलका शीर्ष नेतादेखि पार्टिका पदाधिकारीसम्म भेटेर आज फर्कदै छन्। के सन्देश दिएर गय ? अझै लुट्दै गर तिमिहरुलाई जोगाउने हामि छौ, धन्दा नमान भने त होलान् हैन ? त्यसैले यो देश जोगाउने जिम्मेवारी मात्र नेपाली जनताको कांधमा छ। मौसुफ सरकारको स्वागतमा उर्लिएको जनसागर फेरि एक पटक सडकमा आउनैपर्छ। जनतालाई सहजिकरण गर्नको लागि राष्ट्रिय अभियन्ताहरु छिटो निर्णयमा पुगुन्। कोठे बैठक धेरै भयो। पार्टि, बिभिन्न संघसंस्था, पिडित जनता सबै शान्तिपूर्ण आन्दोलनमा उत्रिनुको बिकल्प छैन। श्री पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख २०, २०८२ (मे ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, भोलि शनिबार हायात होटेलमा उद्घाटन हुने

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ। सर्वोच्च अदालतमा दायर...

    राजनैतिक दलहरु आत्मघाति खेलमा

    राजनैतिक दलहरु बिनासको मार्गमा अग्रसर हुदै जादा देश अझै रित्याउने बिदेशी हस्तक्षेप निम्त्याएर आफुहरु शक्तिमा...

    नेपाल विद्युत प्राधिकरण आज श्वेतपत्र सार्वजनिक गर्दै, घाटा र बक्यौता प्रमुख सरोकार

    काठमाडौं, वैशाख १९ – नेपाल विद्युत प्राधिकरणले आज दिउँसो २ बजे एक महत्वपूर्ण दस्तावेज –...

    ओडिसामा मृत भेटिएकी नेपाली छात्रा प्रिशाको परिवार रातारात भारततर्फ प्रस्थान

    भारत, वैशाख १९ – ओडिसास्थित केआईआईटी युनिभर्सिटीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रिशा...