News Portal

गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवकलाई धम्क्याउने पक्राउ

हिमालीसंचार संवाददाता
२४५ पटक

काठमाडौं, वैशाख २९ – गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न सरकारी निकायका कर्मचारीहरूलाई धम्की दिने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काभ्रेको बनेपा नगरपालिका–३ का ५० वर्षीय राजकुमार श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरिएको हो। श्रेष्ठले आफू गृहमन्त्रीको साथी भएको दाबी गर्दै विभिन्न कार्यालयका राष्ट्रसेवकहरूलाई पटक–पटक टेलिफोन मार्फत अशोभनीय व्यवहार, गाली गलौज र मानसिक त्रास दिँदै आएका थिए।

प्राप्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले विशेष निगरानीपछि श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठमाथि राष्ट्रसेवक कर्मचारीहरूको नियमित कामकाजमा अवरोध पुर्‍याएको आरोप लागेको छ। हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

यस प्रकारका कार्यले सरकारी सेवा प्रवाहमा बाधा पुर्‍याउने भएकाले प्रहरीले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...