News Portal

एनआरएनए विवादमा एमालेको कडा प्रतिक्रिया : “वैध नेतृत्व डा. बद्री केसीको, परराष्ट्र मन्त्रीको भूमिका असंवैधानिक”

हिमालीसंचार संवाददाता
६२० पटक

काठमाडौं, वैशाख २३ – गैरआवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको विवादका सन्दर्भमा नेकपा एमालेले परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयलाई असंवैधानिक र अस्वीकार्य ठहर गरेको छ। पार्टीको विदेश विभाग प्रमुख तथा केन्द्रीय सचिव रघुवीर महासेठले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैरवैधानिक समूहलाई मान्यता दिने कार्यले एनआरएनएलाई थप अन्योलमा धकेलेको आरोप लगाएका छन्।

नेपाल प्रेससँग कुरा गर्दै महासेठले स्पष्ट रूपमा भने, “शेष घले समूहको नेतृत्वमा महाधिवेशन सम्पन्न भएको भनिए पनि त्यसमा परराष्ट्र मन्त्रालयको भूमिका एकपक्षीय र अवैधानिक छ। एमाले वा सरकारसँग कुनै सल्लाहविना गरिएको निर्णय मान्य हुँदैन। कानूनी र नैतिक आधारमा डा. बद्री केसीको नेतृत्वमा रहेको एनआरएनए नै वैध हो।”

केही दिनअघि पराजित पक्षले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बनाएको थियो, जसलाई परराष्ट्र मन्त्रालयले मान्यता दिएको हो। यही आधारमा मन्त्रालयले सर्वोच्च अदालतमा पुरानो निवेदन फिर्ता लिने प्रक्रिया थालेको छ। महासेठले मन्त्रालयको यो कदम संविधान र कानूनी मर्यादाविपरीत भएको जिकिर गरे।

यता, डा. बद्री केसी नेतृत्वको आधिकारिक एनआरएनए समूहले सोमबार साँझ पत्रकार सम्मेलनमार्फत वर्तमान विवादबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। डा. केसीले कांग्रेसको एउटा गुट र माओवादी मिलेर संस्थामा कृत्रिम विभाजन ल्याउने षड्यन्त्र गरेको दाबीसमेत गरेका छन्।

एमालेले भने स्पष्ट रूपमा डा. बद्री केसी नेतृत्वको एनआरएनएलाई नै वैधानिक मानेको छ र परराष्ट्र मन्त्रालयले गरेको निर्णय उल्ट्याउनुपर्ने माग गरेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...