News Portal

बीमा रकम हिनामिना प्रकरणमा एक कर्मचारी पक्राउ

हिमालीसंचार संवाददाता
२३८ पटक

दाङ, वैशाख २९ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको होलेरीस्थित उपशाखा कार्यालयमा कार्यरत एक कर्मचारी बीमितहरूबाट संकलित रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्यान जिल्ला शारदा नगरपालिका–४ घर भई हाल दाङको घोराही उपमहानगरपालिका–१५ मा बसोबास गर्दै आएका ३१ वर्षीय गणेश पहाडी रहेका छन्। उनले उपशाखामा सपोर्ट पदमा कार्यरत रहँदाको समयमा बीमितहरूबाट जम्मा भएको रकम कम्पनीको खातामा दाखिला नगरी आफैं प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरी स्रोतका अनुसार पहाडीले कम्पनीको सफ्टवेयरमा बीमितको विवरण अद्यावधिक नगरी विभिन्न ५६ जना व्यक्तिबाट संकलित गरी जम्मा गर्नुपर्ने १८ लाख ६७ हजार ७०१ रुपैयाँ रकम व्यक्तिगत रूपमा अपचलन गरेका थिए।

रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार पहाडीलाई वैशाख २७ गते बेलुकी पक्राउ गरिएको हो। हाल उनी प्रहरी हिरासतमा छन् र घटनाको थप अनुसन्धान भइरहेको छ।

जिल्ला अदालत रोल्पाबाट पहाडीलाई दश दिन थुनामा राखी अनुसन्धान अघि बढाउने अनुमति प्रहरीलाई दिइएको छ। पहाडीमाथि आपराधिक विश्वासघात तथा ठगीसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...